काठमाडौं – नेपाल राष्ट्र बैंकले मोबाइल एपबाट करदाता प्रोत्साहन उपहार कार्यक्रमको जानकारी दिन पीएसपीलाई निर्देशन दिएको छ । आन्तरिक राजश्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३ लाई केन्द्रीय बैंकले सहजीकरण गर्न लागेको हो ।
राष्ट्र बैंककाअनुसार आन्तरिक राजश्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०५३ सञ्चालनार्थ विद्युतीय प्रणालीमा अन्तरआवद्धता स्थापित गर्न र सो सम्बन्धमा सबै पीएसपीहरुले मोबाइल एपमा आवश्यकता अनुसार करदाता प्रोत्साहन उपहार कार्यक्रम २०८३ सम्बन्धी बारम्बार सोधिने प्रश्नहरुको छुट्टै खण्ड समावेश गर्नुपर्नेछ ।
यस्तै, सबै पीएसपीहरुको मोबाइल एपबाट श्रावण १६ गते करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३ साउन २१ गतेदेखि सञ्चालनमा आउने जानकारी नोटिफिकेशन मार्फत ग्राहकलाई पठाउनुपर्ने उल्लेख छ । साथै, सो कार्यक्रममा सहभागीताको लागि मोबाइल एप अद्यावधिक गर्नुपर्ने भएमा सो को नोटिफिकेशन समेत ग्राहकलाई पठाउनुपर्ने जनाएको छ ।







About Us
प्रतिक्रिया