काठमाडौं – प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। सुनसरीको देवानगञ्ज-कप्तानगञ्ज क्षेत्रमा भएको घटनापछि विभिन्न जिल्लामा उत्पन्न तनावपूर्ण अवस्थालाई लक्षित गर्दै प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन्।
आजै राष्ट्रका नाममा सम्बोधन गर्न लागेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ। सम्बोधनमार्फत पछिल्लो घटनाक्रम, शान्ति–सुरक्षा अवस्था तथा सरकारले अवलम्बन गर्ने आगामी कदमबारे प्रधानमन्त्रीले धारणा सार्वजनिक गर्ने तयारी गरिएको छ।
सुनसरी घटनापछि सिरहा लगायतका जिल्लामा प्रदर्शन, झडप तथा कर्फ्युको अवस्था सिर्जना भएको छ। केही स्थानमा आगजनी, तोडफोड र सुरक्षाकर्मीसँगको झडपसमेत भएको छ।
आज अपराह्न प्रधानमन्त्री शाहसँग भेटपछि गृहमन्त्री सुधन गुरूङ सुनसरी जाँदैछन्।







About Us
प्रतिक्रिया