पुसमा बैंकको ब्याजदर नबढ्ने, व्यक्तिगत मुद्धतीमा १२.१३ % र संस्थागत मुद्धतीमा १०.१३ % रहने 

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
पुस महिनामा बैंकको ब्याजदर नबढ्ने भएको छ । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसनले कात्तिक महिनामै कायम ब्याजदरलाई पुसमा लागू गर्ने निर्णय गरेको हो ।

पुस महिनामा निक्षेपको ब्याजदर विषयक बैठकमा संघले यस्तो निर्णय गरेको हो । बैंकर संघका एक सदस्यका अनुसार पुस महिनामा लागू हुने ब्याजदरको विषयमा सोमबार दिउँसो संघमा छलफल भएको र पुसमा ब्याजदर नबढाउने निर्णय भएको छ । 

यता ब्याजदरको बिषयलाई लिएर बैंकहरुमाथि चौतर्फी आलोचना भइरहेको छ । निजी क्षेत्रका व्यवसायीहरु सडकमै उत्रिएर आन्दोलन गरिरहेका छन । विगत ६ महिनायता निक्षेपको ब्याजदर यथावत राखेका वाणिज्य बैंकहरु असोज महिनामा भने बढाएका थिए। बैंकर्स संघले गत फागुन महिनादेखि कायम ब्याजदरमा राष्ट्र बैंकले गरेको ब्याजदर सम्बन्धि नीतिगत व्यवस्था अनुसार १० प्रतिशतले थप गरेका थिए । अघिल्लो महिनामा लागू ब्याजदरमा १० प्रतिशत थप हुँदा असोज महिनामा व्यक्तिगत मुद्धतीको ब्याजदर १२.१३३ प्रतिशत र संस्थागत मुद्धतीको ब्याजदर १०.१३३ प्रतिशत कायम थियो । 

जुन कात्तिक महिनामा पनि सोही लागू गरिएको छ । भने हाल मंसिर महिनामा पनि सो दर लागू गर्ने निर्णय संघले गरेको हो । गत असोजमा कायम ब्याजदरलाई कात्तिक महिनामा पनि कायम गरिएको थियोे भने, सोही ब्याजदरलाई मंसिरमा निरन्तरता दिएको संघले पुस महिनामा पनि निरन्तरता निर्णय गरिसकेको छ ।