काठमाडौं । ग्लोबल आईएमई बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा ४ अर्ब ५३ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले चालू वर्ष २०८१/८२ को चैत मसान्तसम्मको अवधिमा यो नाफा आर्जन गरेको हो ।
यस्तै, तेस्रो त्रैमासमा भने बैंकले १ अर्ब ४८ करोड नाफा आर्जन गरेको थियो । गत वर्षको तेस्रो त्रैमासमा कम्पनीले १ अर्ब २६ करोड नाफा आर्जन गरेको थियो । यस्तै, गत वर्षको तेस्रो त्रैमासमा बैंकले ३ अर्ब ३० करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । जुन, चालू वर्षको तुलनामा १ अर्ब २२ करोडले नाफा वृद्धि भएको हो ।
यसअवधिमा बैंकको सञ्चालन नाफा ६ अर्ब ३३ करोड ६६ लाख रुपैयाँ छ । यस्तै कर अघि कम्पनीको नाफा ६ अर्ब ३४ करोड ५१ लाख रुपैयाँ थियो । यसमध्ये बैंकले यस अवधिसम्म १ अर्ब ५७ करोड कर बुझाएको छ ।





About Us
प्रतिक्रिया