बैंकिङ्ग समाचार, काठमाडौं ।
नबिल बैंकले सुरु गरेको नबिल स्कुल अफ सोसल अन्टरप्रेनरसिप अन्तर्गत २५ जनालाई सटिर्फिकेट प्रदान गरेको छ । निःशुल्क उद्यमशीलता तालिम सञ्चालन गरेको नबिल बैंकले उत्कृष्ट २५ जनालाई फेलोसिप सर्टिफिकेट हस्तान्तरण गरेको हो । ललितपुर स्थीत क्याम्पियन कलेजमा आयोजना गरिएको एक कार्यक्रमबीच नबिल बैंकका उपाध्यक्ष निर्वाण चौधरीले उक्त २५ जनालाई सर्टिफिकेट प्रदान गरे । नेपालको उच्च शिक्षालाई अब्बल निजी बैंकसँग जोडी सफल र सिर्जनशील उद्यमी बनाउने नबिलको यो नाफारहित अभियान रहेको उनले बताए ।
नबिलले यस अभियान अन्तर्गत देशका सातै प्रदेशमा सर्टिफिकेट तहको अर्को कार्यक्रमसमेत सुरु गरिरहेको छ । जसमा सातै प्रदेशका विभिन्न क्याम्पससँग सहकार्य गरी पाठ्यक्रम निर्माणको काम भइरहेको छ। यसमार्फत एक प्रदेशमा एक सयका दरले सात प्रदेशमा सात सय नयाँ उद्यमी बनाउने बैंकको महत्वाकांक्षी सोच छ। सोही अभियान अन्तर्गत बागमती प्रदेशका २५ जनाले उक्त सर्टिफिकेट प्राप्त गरेका हुन ।
यो अभियानलाई व्यवस्थित, दिगो र संस्थागत बनाउन नबिलले मुलुकका विभिन्न क्यापसँग सहकार्य गरी काम गरेको छ । यस्तै कार्यक्रममा उपस्थित नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृतले भुपेन्द्र पाण्डेले यो अभियान सामाजिक उद्यमशीलताको एउटा नयाँ आयाम रहेको बताए । उनले यो कार्यक्रम वित्तिय साक्षरता एक केन्द्रको रुपमा पनि स्थापित भएर जाने जिकिर गरे ।
नबिल बैंकको यस अभियानमा सहकार्यको भूमिका निर्वाह गरेको क्याम्पियन कलेजका प्रध्यापकले प्रमाणपत्र प्राप्त गरेका सबैलाई नयाँ जोस र जाँगरका साथ काम गर्न आग्रह गरिन ।



About Us
प्रतिक्रिया