लघुवित्तहरुलाई राष्ट्र बैंकको निर्देशनः नियमविपरीत असुल गरेको ३० करोड फिर्ता गर 

लघुवित्तहरुलाई राष्ट्र बैंकको निर्देशनः नियमविपरीत असुल गरेको ३० करोड फिर्ता गर 

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
नेपाल राष्ट्र बैंकले नियम विपरीत असुल गरेको रकम फिर्ता गर्न लघुवित्त वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । लघुवित्त वित्तीय संस्थाहरुले नियमविपरीत असुलेको करिब ३० करोड रुपैयाँ बराबर रकम फिर्ता गर्नुपर्ने भएको पाइएपछि राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो । 

लघुवित्त वित्तीय संस्थाहरु गत आर्थिक वर्ष २०७८र७९ को वार्षिक साधारणसभा अनुमतिका लागि राष्ट्र बैंक पुगेका छन् । तर, नियम विपरीत असुल गरेको रकम फिर्ता नगरेसम्म राष्ट्र बैंकले अनुमति दिएको छैन । सेवाग्राहीबाट नियमविपरीत असुलेको सेवा शुल्क फिर्ता गरेपछि मात्रै राष्ट्र बैंकले साधारण सभाको लागि अनुमति पाउने बताइएको छ । यसअघि राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुले नियमविपरीत असुल गरेको साढे ३ अर्ब रुपैँया फिर्ता गर्न निर्देशन दिएको थियो । 
नियम अनुसार तोकिएको सेवा शुल्क भन्दा बढी लिएको भए विवरण पठाउन राष्ट्र बैंकले निर्देशन दिएको थियो । राष्ट्र बैंक स्रोतका अनुसार साधारणसभाको अनुमति माग्दै राष्ट्र बैंकमा पेश गरेका आवेदनहरूमा सबै लघुवित्तले नियमविपरीत शुल्क असुल गरेको भेटिएको छ । 

हालसम्म २ दर्जन लघुवित्त वित्तीय संस्थाहरुले साधारण सभाको लागि आवेदन दिएका छन् । आवेदन दिएका लघुवित्त संस्थाहरूले मात्र करिब २० करोड र बाँकी संस्थाहरुको जोड्दा ३० करोड रुपैयाँ बराबरको रकम फिर्ता गर्नुपर्ने देखिएको हो ।