आज मौद्रिक नीतिको पहिलो समिक्षा हुँदै 

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

चालु आर्थिक वर्ष २०७९ ८० को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा हुने भएको छ । सम्भवतः आइतबार बेलुकासम्ममा मौद्रिक नीतिको समीक्षा गर्ने तयारी गरिरहेको राष्ट्र बैंकले जनाएको छ ।

‘आइतबार राष्ट्र बैंक सञ्चालक समितिको बोर्ड बैठक बोलाइएको छ, बोर्डले पास गरे आजै मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा हुन्छ’ राष्ट्र बैंकका सह प्रवक्ता नारायण पोखरेलले बैंकिङ्ग समाचारसँग भने ।  पोखरेलका अनुसार बोर्डले पास गरे आजै साँझ ४ बजेसम्ममा पत्रकार सम्मेलनको आयोजना गरेर मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरिनेछ ।