बिष्णुकुमार अग्रवाल भन्छनः अर्थतन्त्रमा समस्या देखिएपछि उद्योगहरु झनै धरासायी बने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

नेपाल उद्योग परिसंघका अध्यक्ष बिष्णुकुमार अग्रवालले अर्थतन्त्रमा समस्या देखिएपछि उद्योगहरु झनै धरासायी बन्दै गइरहेको र यसको समाधानको लागि सरकारले नीतिगत सुधार गर्नुपर्ने बताएका छन् ।

८औं राष्ट्रिय उद्योग दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अग्रवालले अर्थतन्त्रमा समस्या देखिएका बेला उद्योगहरु झनै धरासायी भएको र यसको समाधानको लागि उद्योगहरुको उत्पादन लागत घटाउन, युवा उद्योगी उत्पादन र निर्यातमा प्रोत्साहन गर्न सरकारी नीति आउनुपर्ने अग्रवालले बताए । उनले भने,  ‘औद्योगिक विकासका लागि सरकारले नीतिगत सुधार गर्नुपर्छ । यसका लागि स्टार्टअप नीति, निर्यात अनुदान र उद्योगको उत्पादन लागत घटाउनु जरुरी छ ।’

उद्योग खोल्न जग्गा पाउनै कठिन भएको र पाइएको जग्गा पनि निकै महँगो हुँदा उद्योग स्थापना महँगो भएको अग्रवालको भनाइ छ । सरकारले घोषणा गरेको औद्योगिक क्षेत्रमा उद्योग बस्ने वातावरणका लागि काम हुनुपर्नेमा उनको जोड दिए । परिसंघले स्वदेशी वस्तु उत्पादन र निर्यातमा काम गरिरहेको भन्दै उनले सरकारले त्यसलाई सहजीकरण गर्नुपर्नेमा बताए ।