बैंकिङ्ग समाचार, काठमाडौं ।
पूर्व बैकर अनिल केसरी शाहले मतदान गर्दै आम नेपालीलाई सन्देश दिएका छन । आफुले मतदानकेन्द्रबाट भोट खसालेपछि भोट गर्नु हर कसैको अधिकारमात्र नभई जिम्मेवारी पनि भएको बताएका हुन । लामो समय नेपालका विभिन्न बैकहरुमा काम गरिसकेका उनले आफ्नो आधिकारिक फेसबुकमा एक स्टाटस लेख्दै सबैलाई भोट गर्न आग्रह गरेका हुन । उनको फेसबुक स्टाटसमा लेखिएको छ, 'मैले भोट गरेँ के तपाईले गर्नुभयो ? तपाइँको भोट तपाइँको अधिकार मात्र होइन यो तपाइँको जिम्मेवारी पनि हो, भोट सुनिश्चित गरौँ ।'
आज एकै चरणमा देशभर प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुँदैछ । आज बिहान ७ बजेबाट शुरु भएको मतदान साँझ ५ बजेसम्म मतदान गर्न सकिनेछ ।



About Us
प्रतिक्रिया