बैंकको ब्याजदरः वाणिज्य बैंकहरुको यथावत, विकास बैंक र फाइनान्सले घटाए 

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार काठमाडौं । 

वाणिज्य बैंकहरूले मंसिरमा निक्षेपको ब्याजदर स्थिर राख्ने निर्णय गरेपनि विकास बैंक र वित्त कम्पनीहरूले भने घटाउने निर्णय गरेका छन्।  डेभलपमेन्ट बैंकर्स एसोसिएसनको मंगलबार बसेको बैठकले ०.१५ प्रतिशत बिन्दुले ब्याजदर घटाउने निर्णय गरेको हो।  कात्तिकमा एक वर्षे मुद्दती निक्षेपमा अधिकतम १३ प्रतिशत ब्याजदर रहेकोमा मंसिरमा अधिकतम १२.८५ प्रतिशत ब्याजदर प्रदान गर्ने भएका छन्। 

यसका साथै बचतमा ८ देखि १० प्रतिशत ब्याज दिँदै आएका विकास बैंकहरूले अब ७.८५ प्रतिशत देखि ९।८५ प्रतिशत ब्याज दिनेछन्। 

फाइनान्स कम्पनीहरूले पनि ०.१५ देखि ०.२० प्रतिशत ब्याजदर घटाउने निर्णय गरेका छन्। निक्षेपमा १३.४५ प्रतिशत ब्याजदर दिँदै आएकोमा १३.३० प्रतिशत र बचतमा न्यूनतम ८.३० ब्याजदर दिने भएका हुन्। वाणिज्य बैंकहरूले भने असोजदेखि निक्षेपमा कायम रहेको अधिकतम १२.१३३ प्रतिशत ब्याजदरलाई नै निरन्तरता दिने भएका छन्।

ब्याजदर बढाएर मात्र धेरै निक्षेप नआएको भन्दै विकास बैंक र वित्त कम्पनीले ब्याजदर घटाउने निर्णय गरेका हुन्।  निक्षेपको ब्याजदर बढेको लागतमा वृद्धि भएसँगै बैंक तथा वित्तीय संस्थाहरूको कर्जाको ब्याज पनि महँगिएको छ। पछिल्लो समयको कुरा गर्ने हो भने वाणिज्य बैंकहरुको कर्जाको अधिक्तम ब्याजदर साढे १८ प्रतिशतसम्म पुगेको छ । 

यता निजी व्यवसायीहरू ब्याजदर महँगो भएको र बैंकहरुले अबैध रुपमा प्रिमियम उठाएको आरोप लगायका छन । उनीहरुले ब्याजदर विरुद्ध देशव्यापी आन्दोलन चर्काएका छन ।  केन्द्रमा चुनावसम्म आन्दोलन नगर्ने घोषणा गरिएको भए पनि जिल्ला जिल्लामा केही व्यवसायीहरू अझै आन्दोलनरत छन्।