बैंकिङ्ग समाचार, काठमाडौं
स्ट्याण्डर्ड चार्टर्ड बैंकले शेयरधनीहरुलाई १६.५१ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को लागि यस्तो लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यसका साथै बैंकले प्रति शेयर १६ रुपैयाँ ५१ पैसा बितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले बोनस शेयर भने प्रस्ताव गरेको छैन ।
बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि आगामी साधारणसमार्फत प्रस्ताव पारित गरिनेछ । त्यसपश्चात लगानीकर्तामा बितरण हुनेछ ।



About Us
प्रतिक्रिया