बैंकिङ्ग समाचार, काठमाडौं ।
निक्षेपमा ब्याजदर बढाउँदा बैंकहरुको डिपोजिट पनि बढेको छ । निक्षेप संकलन बढ्दा बैंकहरुमो रहेको तरलता समस्या पनि विस्तारै सुधार हुने बैंकरहरुले अपेक्षा गरेका छन ।
नेपाल बैंकर्स संघले दिएको तथ्याङक अनुसार असोज महिनामा वाणिज्य बैंकहरुले ६२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन । भदौ मसान्तसम्म बैंकहरुको निक्षेप संकलन ४४ खर्ब ८६ अर्ब रुपैयाँ रहेको निक्षेप असोजमा ६२ अर्ब बढेर ४५ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ । यसका साथै ४ दिनको अवधिमा बैंकहरुले २८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । यसअघि असोज २८ गते बैंकहरुको निक्षेप ४५ खर्ब १९ अर्ब रुपैयाँ रहेको थियो ।
साथै बैंकहरुले असोज महिनामा ३० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । भदौ मसान्तसम्ममा बैंकहरुको कर्जा ४१ खर्ब ९० अर्ब रुपैयाँ रहेकोमा ३० अर्ब बढेर असोज मसान्तसम्मा ४२ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ । बैंकहरुले ४ दिनको अवधिमा कर्जा लगानी ह्वात्तै बढाएका हुन् । असोज २८ गतेसम्म बैंकहरुको कर्जा प्रवाह ४१ खर्ब ९३ अर्ब रुपैयाँ रहेको थियो भने ४ दिनमा २७ अर्ब बढेर ४२ खर्ब २० अर्ब पुर्याएका छन ।
यता बोर्डर लाइनमा रहेको सिडि रेसियो पनि बढेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको नियम अनुसार बैंकहरुको सिडि रेसियो ९० प्रतिशत हुनुपर्ने हुन्छ । तर कर्जा लगानी बढ्दा बैंकहरुको औशत सीडी रेसियो ८७.२० प्रतिशत रहेको छ । यसअघि बैंकहरुको सीडी रेसियो ८६.९६ प्रतिशत रहेको थियो ।



About Us
प्रतिक्रिया