बैंकिङ्ग समाचार, काठमाडौं ।
बैंकहरुले दिने डलर कार्डमा समस्या आएको छ । कार्डमा समस्या आउँदा थुप्रै ग्राहकहरुले दुःख पाएका छन । ग्राहकहरुले पिन र पासवर्ड परिवर्तन गर्न लाग्दा बैंकहरुले ओटिपी (वान टाईम पासवर्ड) नै दिँदैन । तर फेरी कार्ड एक्टिभेट गर्न ओटिपी आवश्यकता पर्छ ।
अनेक बहाना देखाउँदै ग्राहक झुलाउँदै बैंकहरु
ओटिपी नआउँदा बैंकहरुले ग्राहकहरुलाई डलर अनेक बहानाबाजी गरी कहिले सिम नै परिर्वतन गर्न लगाउँछन त कहिले ४८ घण्टासम्म केही नगर्नु भनी सिस्टममै समस्या आएको जिकिर गर्छन । इन्टरनेश्नल डलर प्रिपेड कार्डबाट विदेशमा भुक्तानी तथा कारोबार गर्नका लागि ५०० डलरसम्मको लिमिट राष्ट्र बैंकले तोकेको छ ।
यसले विषेशगरी विदेशी सामान खरिदवापतको भुत्तानी अर्थात विदेशमा घुम्न जाँदा तिर्ने शुल्कहरुमा सहजता दिएको थियो । रियल टाईममा कार्डको ओटिपी लगायताका आवश्यक चिजहरु प्राप्त नहुँदा ग्राहकहरुलाई समस्या भएको हो । यो समस्या के हो ? र कहिले समाधान हुँन्छ भनेर ठ्याक्कै यकिन गर्न नसकिने बैंकका डिजिटल बैंकिङ्ग प्रवन्धकहरुले बताएका छन । विशेषगरी एनआईसी एशिया, एभरेष्ट, लगायतका १८ वटा बैंकहरुमा यस्तो समस्या आएको हो ।



About Us
प्रतिक्रिया