शाखारहित बैंकिङ्ग कारोबारका नाममा करोडौं रकम हिनामिना, रुपन्देहीमा निक्षेपकर्ताको रुवाबासी 

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
गत ०७५ सालमा माछापुच्छ्रे बैंक लिमिटेडले रूपन्देहीको सम्मरीमाई गाउँपालिका–५ रोहिणीहवामा सञ्चालन गरेको ‘शाखारहित बैंकिङ्ग सेवा’ कार्यालयमा स्थानीयले जम्मा गरेको करोडौं रकम हिनामिना भएको पाइएको छ । जम्मा गरेको निक्षेपको अवस्था अलपत्र छ । उक्त कार्यालयमा केही बदमासी भएको चाल पाएपछि बैंकले उक्त सेवा कार्यालय नै बन्द गरिदिएको छ ।

पछि पैसा आवश्यक परेर लिन खोज्दा जम्मा गरेको पैसा बैंकमा हुँदै नभएपछि पिडितहरु आक्रोसित बनेका छन । यतीबेला त्यस क्षेत्रका सयौं गरिब घरपरिवारको करोडौं रुपैयाँ निक्षेप डुबाउनुमा सेवा कार्यालय सञ्चालन गर्न भनी बैंकले नियुक्त गरेका व्यावसायिक प्रतिनिधि र स्वयं बैंकका जिम्मेवार कर्मचारीहरुको मिलोमतो रहेको पाइएको छ । यस विषयलाई विशेष ध्यानकर्षण गर्दै बैंकले दुरुपयोग भएको उक्त रकम फिर्ता गर्न स्यंम प्रतिनिधिहरु नै जिम्मेवार हुनुपर्ने जिकिर गरेको छ । 

आफ्नो रकम डुबेको र फिर्ता हुने विश्वासिलो आधार नपाएपछि पीडित परिवार आक्रोशित छन । स्थानीय पीडितका अनुसार जम्मा गरेको रकम बैंकमा नदेखिएपछि केहीले बैंकको भैरहवा शाखामा पुगेर मौखिक उजुरी पनि गरे । तर भैरहवा शाखाले निक्षेपकर्ताले रकम जम्मा गरेको भौचरअनुरूप खातामा रकम जम्मा नभएको र  पछि लिखित निवेदन नै लिएर शाखामा पुग्दा उक्त शाखाले आफुहरुले केही गर्न नसक्ने प्रतिकृया दिएपछि पिडितहरु अलमलमा परेका हुन ।

तर पिडितहरु भने बैंकले पैसा फिर्ता दिने आशामा चुपचाप बसेका थिए । दुई महिनादेखि रकम फिर्ता नपाउँदा स्थानीयहरु आफ्नो पैसा डुबेको र फिर्ता नपाउने त्रास फैलिएको छ । त्यस क्षेत्रको सम्मरीमाई गाउँपालिका–५ र नजिकै पर्ने लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुजानामा पनि सञ्चालित शाखारहित बैंकिङ्ग सेवा कार्यालयबाट समेत गरी १ हजारभन्दा धेरै निक्षेपकर्ता र उनीहरूबाट करिब ३ करोड भन्दा बढि रुपैयाँ जम्मा भएको दाबी गरेका छन ।  

बैंक भन्छः प्रतिनिधिहरुले नै रकम खाए, कारवाहीको प्रक्रिया अगाडी बढाएका छौँ

यस घटनाबारे बैंकले विज्ञप्ती जारी गर्दै स्थानीय निरञ्जन पाठक र सिकन्द्र ठाकुरलाई शाखारहित बैंकिङ्ग सेवा सञ्चालन गर्न बैंकले कारोबारको जिम्मा लगाएको र पछि त्यस कार्यालयको कारोबार सन्तोषजनक नदेखिएपछि शाखा बन्द गरी छानबिन तथा अनुसन्धान गरिरहेको माछापुच्छ्रे बैंकका प्रवत्ता सुनिल खतिवडाले बैंकिङ्ग समाचारलाई जानकारी दिए । उनले भने ‘बैंकका तर्फबाट सेवा कार्यालयमा गरिने अनुगमनमा त्यहाँको कारोबार राम्रो नभएको र फ्रड कामहरु भएको पाइएपछि उक्त सेवा कार्यालय बन्द गरिएको हो,’ उनले भने, ‘हाम्रो आफ्नो प्रारम्भिक छानबिनबाट बदमासी भएको पाइएको छ ।

यसमा हामीले प्रशासनिक सहयोग लिएर छानबिन अघि बढाउँछौं ।’  बैंकले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ, ‘उक्त्त सेवाकेन्द्रका प्रतिनिधिहरुले विभिन्न व्यत्तिहरुबाट बुझिलिएको रकम रियल टाईममा रकम र सिस्टम मार्फत नै भौचर (रिसिप्ट) प्रिन्ट भई निक्षेपकर्तालाई सोही भौचर प्रदान गरी विभिन्न व्यक्तिहरुलाई हस्तलिखित भौचर प्रदान गर्ने र बैंकको अनलाईन सिस्टम मार्फत रकम जम्मा नै नगरी आफै रकम राख्ने गरेको कार्य कानुन विपरित रहेकोमा प्रतिनिधिहरु विरुद्ध जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा लिखित उजुरी समेत दिइसकेका छौँ ।’ 

बैंकका अनुसार उक्त प्रतिनिधिहरुले विभिन्न व्यक्तीहरुबाट लिएको रकम आफैंले खाएको लिखित रुपमा स्वीकार गरीसकेको बताएको छ । यसमा दुवै जना एजेन्टबाट दुरुपयोग भएको उक्त रकम फिर्ता गर्न स्यंम जिम्मेवार हुनुपर्ने पनि बैंकले बताएको छ । यता जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक रविन्द्र रेग्मीले बैंकबाट उजुरी दर्ता भएको तर पिडितका पक्षबाट कुनैपनि उजुरी नआएको बताएका छन । 

बैंकले जारी गरेको प्रेस विज्ञप्ती 

\"\"