सोमबार बजारबाट १८ अर्ब उठाउदै राष्ट्र बैंक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले १८ अर्ब बढी आन्तरिक ऋण उठाउने भएको छ । राष्ट्र बैंकले आज अस्सोर २४ गते सोमबार १८ अर्ब २५ करोड बराबरको ट्रेजरी बिल बोलकबोल गरि मंगलबार बिल निष्काशन गर्ने तयारी गरेको हो ।

राष्ट्र बैंकले २८ दिन अवधिको ५ अर्बको ट्रेजरी बिल, ९१ दिन अवधिको ८ अर्बको ट्रेजरी बिल, १८२ दिन अवधिको २ अर्ब २५ करोडको ट्रेजरी बिल र  ३६४ दिन अवधिको ३ अर्बको ट्रेजरी  बोलकबोलमार्फत बिक्री गर्न लागेको हो । यो पुरानो ट्रेजरी बिलको नवीकरण हो।  राष्ट्र बैंकले यस अघि जारी गरिएको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो  ।

सोमबारको बोलकबोल गरेपछि राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ । राष्ट्र बैंकले सरकारलाई आवश्यक पर्ने अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत समय समयमा यस्ता ऋणपत्र बिक्री गर्दछ। 

राष्ट्र बैंकले यस अघि असोज १३ गते १९ अर्ब १० करोडको ट्रेजरी बिल बोलकबोल गरेको थियो ।