राष्ट्र बैंकद्धारा अन्तिम ऋणदाता सुविधासम्बन्धी विनियमावली, २०७९ को मस्यौदा तयार, सुझाव पेश गर्न आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले अन्तिम ऋणदाता सुविधासम्बन्धी विनियमावली, २०७९ को मस्यौदामा सुझाव दिन आग्रह गरेको छ ।

राष्ट्र बैंकले विनियमावलीको मस्यौदा तयार भएको भन्दै बैेंक ऐन, २०५८ को दफा ५ को उपदफा (१) को खण्ड (ज) मा नेपाल राष्ट्र बैंकको काम, कर्तव्य र अधिकारअन्तर्गत वाणिज्य बैंक तथा वित्तीय संस्थाको बैंक तथा अन्तिम ऋणदाताका रुपमा कार्य गर्ने बिषयमा मस्यौदामा उल्लेख गरेको छ ।

सोही ऐनको दफा ४९ को उपदफा (२) बमोजिम नेपाल राष्ट्र बैंकले अन्तिम ऋणदाताको रुपमा कार्य गर्नुपर्ने अवस्थामा आफ्नो भूमिका निर्वाह गर्न उचित भएकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ११० को उपदफा (२) को खण्ड (ण) ले दिएको अधिकार प्रयोग गरी यो विनियमावली तर्जुमा गरी लागू गरिने राष्ट्र बैंकले जानकारी दिएको छ । 

यस्तै राष्ट्र बैंकले उक्त मस्यौदा परिमार्जन गर्न आवश्यक भएमा १५ दिनभित्र पत्रमार्फत वा राष्ट्र बैंकको यस विभागको सम्बन्धीत जीमेलमा पठाउन आग्रह गरेको छ ।

\"\"