गोरखा पुगेर अर्थमन्त्री जनार्दन शर्माले भनेः अब बैंकको ब्याजदर घटाउन लागिपर्छु 

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, पालुङ्गटारर, गोरखा। 
पालुङ्गटार पुगेर अर्थमन्त्री जनार्दन शर्माले बैंकहरुमा बढिरहेको ब्याजदर घटाउन आफुले पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन । दोस्रो लिगलिग पालुङ्टार महोत्सव उद्घाटनका लागि 
बुधबार गोरखाको पालुङ्गटार पुगेका अर्थमन्त्री जनार्दन शर्माले यस्तो आसवासन दिएका हुन । 

ब्यादरका सन्दर्भमा बोल्दै उनले भने, ‘सरकारले लिएको राम्रो आर्थिक नीतिका कारण अहिले नेपालका  आर्थिक सुचाङकहरु सकरात्मक अवस्थामा पुगेका छन ।  केही तरलताको अभाव अझै कायम रहेको र  यसमा सरकारले काम गरिरहेको छ । बैँकमा व्याज पाउने उदेश्यले पैसा थुपारेर उत्पादन हुँदैन । बैंकले दिने गरेको ब्याज घटाउन सरकार  लागि परेको छ ।’

उनले नागरिकहरुलाइ आत्मनिर्भर बनाउन सरकारले सक्दो प्रयास गर्ने बताए । अर्थमन्त्री जनार्दन शर्माले इतिहास र बर्तमानमा राजनैतिक उचाइ हासिल गरेको गोरखा जिल्लाले यतिबेला विकास निर्माण  र समृद्धिको सन्दर्भमा न्याय खोजेको बताए । त्यसको लागि एतिहासिक लिगलिगकोट र आधुनिक पालुङ्टारलाइ जोडेर राजनैतिक इतिहास सहितको पर्यटन विकासलाइ अगाडि बढाउनुपर्ने बताए । 

पालुङ्टारलाइ सुचनाप्रबिधिमा अघि बढाइ स्मार्ट सिटि बनाउनुपर्ने भन्दै  सँघीय सरकार र अर्थमन्त्रालयबाट यसकोलागि सम्पूर्ण सहयोग  हुने उनले बताए । उनले भने ‘स्मार्ट सिटिमा गरिबि र अभाव भन्ने कुरा हुँदैन। पालुङ्गटारले त्यो समृद्दिको उचाइ पनि हासिल गर्नेछ।’ उनले अहिले देशलाई उत्पादनसँग जोडेर आयातित वस्तुलाइ विस्थापन गर्नुपर्नेमा पनि जोड दिए । 

उनले देशमा एउटा पनि मल कारखाना नभएको र जापानिज कम्पनीले मल कारखाना खोल्न चासो राखेकाले भूगोल र विद्युत आपुर्तीका कारणले आफूले पालुङटारलाई सिफारिस गरेको उनले बताए ।

\"\"