बैकिङ्ग समाचार, काठमाडौं ।
एक हप्तामै सातामा वाणिज्य बैंकहरुको निक्षेपमा आक्रमक वृद्धि भएको छ भने कर्जा लगानी पनि बढेको छ। नेपाल बैंकर्स संघले प्रदान गरेको तथ्याङ अनुसार वाणिज्य बैंकको निक्षेप ४१ अर्बले बढेको छ भने कर्जा लगानी २ अर्बले बढेको छ।
भदौ २४ गतेदेखि भदौ ३१ गतेसम्म बैंकहरुको निक्षेप ४१ अर्बले बढेर ४४ खर्ब ४५ अर्बबाट ४४ खर्ब ८६ अर्ब पुगेको छ। त्यस्तै कर्जा लगानी पनि २ अर्बले बढेर ४१ खर्ब ८८ अर्बबाट ४१ खर्ब ९० अर्ब पुगेको छ।
चाडपर्व नजिकिँदै गर्दा बैदेशिक रोजगारीमा गएकाले रेमिट्यान्स पठाउन थालेपछि बैंकहरुमा निक्षेप बढेको प्रक्षेपण गरिएको छ । यद्यपी नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ अनुसार रेमिटेन्स २० प्रतिशतले वृद्धि भएको छ ।



About Us
प्रतिक्रिया