मेगा बैंकको मोबाइल एपबाट फोनपे क्युआर गर्दा १० प्रतिशतसम्म छुट

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार, काठमाडौं ।  
मेगा बैंकको मोबाइल एपमार्फत पहिलोपटक फोनपेको क्युआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म अथवा बढीमा सय रूपैयाँसम्म छुट पाइने भएको छ।

फोनपे र मेगाबीच ग्राहकलाई यस किसिमको सुविधा प्रदान गर्ने सम्झौता भएको हो। सम्झौता पत्रमा मेगा बैंकका डिजिटल तथा इ-बैकिङ्ग विभाग प्रमुख विश्व सिंह र फोनपेका तर्फबाट बिजनेस डेभलपमेन्ट प्रमुख रूशान्त श्रेष्ठले हस्ताक्षर गरे।

यो योजना असोज ७ गतेदेखि १३ गतेसम्म सञ्चालन हुनेछ। कम्पनीका अनुसार मुखमै आएको दसैंमा किनमेल गर्न केही सुलभ होस् भन्ने उद्देश्यले यो योजना ल्याइएको हो।

फोनपे नेटवर्कमा आबद्ध कुनै पनि बैंक तथा वित्तीय संस्था तथा विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाइल एपबाट सहजै क्युआरमार्फत भुक्तानी गर्न सकिन्छ। फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रणाली सञ्चालक आबद्ध छन्। यस्तै फोनपेमा हालसम्म करिब १० लाख मर्चेन्ट छन्।