बैंकिङ्ग समाचार, काठमाडौं ।
सरकारले प्रभु क्यापिटल लिमिटेडका प्रबन्ध निर्देशक तथा प्रभू बैंकका डीजीएम दिनेश थकालीलाई संविधान दिवसका अवसरमा विभूषित गरेको छ । चाटर्ड एकाउन्टेन्ट समेत रहेका युवा बैंकर थकालीलाई संविधान दिवसका अवसरमा सरकारले ‘राष्ट्र यशोवर्दक’ पदकबाट विभूषित गर्ने भएको हो ।
यस्तै सरकारले नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना र एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीसहित तीन जना बैंकरलाई विभुषित गरेको छ ।
राष्ट्रपतिबाट हरेक वर्ष संविधान दिवसका दिन विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरुलाई मानपदवी घोषणा गरिन्छ ।
प्रतिक्रिया