बाल दिवसः नबिलको ‘जेन अल्फा एप’ले यसरी बनाउँदैछ बालबालिकाको भविष्य  

बाल दिवसः नबिलको ‘जेन अल्फा एप’ले यसरी बनाउँदैछ बालबालिकाको भविष्य  

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नबिल बैंकले नेपालमै पहिलो पटक एपमा आधारित अफर सार्वजनिक गरेको छ । नबिल ‘जेन अल्फा’ नामक यस एपले १८ बर्ष भन्दा मुनिको बालबालिकालाई लक्षित गरी उक्त एप आज सार्वजनिक गरेको हो ।
 
यस एपमार्फत अभिभावकले आफ्ना बालबालिकालाई विभिन्न गतिविधीहरु (टाक्स) सिर्जना गर्न, निर्धारण गर्न सक्छन् । जसमार्फत उक्त कार्य समयमा नै सम्पन्न गरेको खण्डमा बालबालिकालाई रिवार्डको रुपमा उनीहरुको खातामा पैसा जम्मा गर्न सकिन्छ । अहिलेको बालबालिका घर परिवारको सदस्य सँग भन्दा पनि सामाजिक सञ्जालमा रमाउन बढी रुचाएको पाईन्छ । यसले गर्दा पछिल्लो समय अभिभावकलाई बालबालिकाको यस प्रकारको बानीले चिन्ता बढाईरहेको छ । 

बालबालिकालाई सही बाटो देखाउँदै समाजमा अघि बढाउने उत्तरदायित्वमा अभिभावकको महत्वपूर्ण भुमिका रहेको हुन्छ । सम्पूर्ण अभिभावकहरुको संबेदनालाई ध्यानमा राखी नबिल बैंकले नेपालमै पहिलो पटक अभिभावक तथा बालबालिकाहरुको संयुक्त आवश्यकतालाई लक्षित गरी नबिल जेन अल्फा बचत खाता संञ्चालन ल्याएको छ ।  तपाईलाई बालबालिकाको फजुल खर्च कम गर्नै र बालबालिकालाई वित्तिय ज्ञान प्रदान गर्नको लागि नबिल बैंकले बालबालिका लक्षित नबिल जेन अल्फा एपको आजबाट शुभारम्भ गरेको हो । 

नबिल जेन अल्फा बचत खाताबाट बालबालिकाहरुलाई आफ्नो पढाइका साथसाथै दैनिक जीवनमा अति आवश्यक पर्ने कामकाज, पारिवारिक संस्कार तथा जिम्मेवारी बोधका साथै त्यस तर्फ उत्प्रेरित गराउनका लागि बिशेष भुमिका निभाउने छ । 
नबिल जेन अल्फा बचत खाताबाट बालबालिकालाई वित्तिय साक्षरता अभिबृद्धि गर्छ । साथै, बालबालिकामा वित्तिय अनुशासन कायम गर्ने छ । बचत गर्ने बानीले भविष्यमा आईपर्ने वा आवश्यक पर्ने कुनै पनि सामान किन्नलाई समेत उक्त रकम प्रयोग गर्न सकिने छ ।
त्यस्तै, यस बैंकको उक्त खाता योजनामा अभिभावकको खाताबाट तोकिएको रकम स्वाचालित रुपमा बालबालिकाको खातामा समेत राख्न सकिने छ । जसको कारण बालबालिकालाई नै भनेर अन्य खाता खोल्नुपर्ने झन्झटबाट अभिभावक मुक्त हुन सकिन्छ । र बालबालिकाको खातामा रहेको रकमबाट मुद्दती खातामा राख्न सकिने व्यवस्था समेत रहेको छ । 

बैंकले जनाएअनुसार यस जेन अल्फा खाताको लागि बालबालिकाको सँगै अभिभावकको पनि खाता हुनुपर्नेछ । यदि अभिभावक र बालबालिकाको खाता पहिले नै भएको अवस्थामा त्यस खातालाई जेन अल्फा खाताको रुपमा रुपान्तरण गर्न सकिने छ, भने यदि जेन अल्फा खातामा बालबालिकाको रु. ३० हजार पुगेको अवस्थामा १० हजार जेन अल्फा खातामै राखि अरु पैसा मुद्दती खातामा रुपान्तरण गर्न सकिनेछ । 
भिडियो 

 

Nabil Gen Alpha

Introducing the First of its kind in Nepal, the Nabil Gen Alpha App. Help your kid foster financial confidence and get ready to make your child a Gen Alpha Kid. To download Nabil Gen Alpha App, please click the link: https://onelink.to/wducbt For further details, please contact our Customer Care Center at 01-5970015 or email us at [email protected] or write to us at https://nabilbank.com/individual/grievance-handling #NabilBank #TogetherAhead #GenAlpha

Posted by NABIL BANK on Wednesday, September 14, 2022

यी माथिको कार्य गर्नको लागि मोवाइलमा जेन अल्फा एप डाउनलोड गर्न सकिन्छ । जुन प्ले स्टोर तथा एप्पल स्टोरमा उपलब्ध छ ।