वाणिज्य बैंकहरुले एक महिनामै कमाए ९ अर्ब ३ करोड नाफा, सबैंभन्दा बढि नाफा नबिल बैंकको 

Manoj Regmi
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामै एग्रेसिभ ब्यापार गरेका छन । साउन महिनामा मात्रै वाणिज्य बैंकहरुले ९ अर्ब ३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको तथ्याङ नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ । 

२६ वटा वाणिज्य बैंकमध्ये सबैभन्दा बढी नबिल बैंकले कमाएको छ । बैंकले एक महिनामै ८१ करोड रूपैयाँ बढी नाफा कमाएको छ । त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले ७५ करोड २० लाख, आर्जन गरेको छ । यो नाफा कमाउने बैंकहरुमध्यको द्रोस्रो हो । तेस्रोमा ग्लोबल आइएमई बैंक छ । बैंकले ६७ करोड ३० लाख खुद नाफा आर्जन गरेको छ । 

त्यस्तै, एनआइसी एशियाले ४७ करोड ६० लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले ४२ करोड २० लाख रुपैयाँ, प्राइम कमर्सियलले ३९ करोड ५० लाख, प्रभुले ३७ करोड ६० लाख, सिद्धार्थले ३७ करोड ५० लाख, एनएमबिले ३६ करोड, एभरेष्टले ३५ करोड ९० लाख, नेपाल बैंकले ३७ करोड ५० लाख रुपैयाँ खुद नाफा गरेको छ ।