पवन गोल्यान भन्छनः सहुलियतपूर्ण कर्जा दिएर युवाहरुलाई विदेश जान रोक्छौँ 

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले कृषिजन्य वस्तु उत्पादन गरेर निर्यात गर्ने युवाहरुलाई बैंकमार्फत सहुलियतपूर्ण कर्जा दिने र स्वदेशमै व्यापार–व्यवसाय गर्ने बातावरण बनाउने बताएका छन । आइतबार काठमाडौंमा आयोजित नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२२ लाई सम्बोधन गर्दै अध्यक्ष गोल्यानले अब बैंक तथा वित्तिय संस्थाहरु कृषिजन्य उपजहरुको ब्रान्डिङ र बजारीकरणमा लाग्ने प्रतिवद्धता  व्यक्त गरे । 

कार्यक्रममा बोल्दै उनले भने, ‘नेपाली कृषिजन्य उत्पादन भारतले नेपालबाट आयात गरेर आफ्नो ब्राण्ड बनाएर खाडी मुलुकमा निर्यात गर्ने गरेको छ । यस्तो त नेपाल आफैंले ब्राण्ड बनाएर खाडी मुलुकमा निर्यात गर्न सक्नुपर्छ । यसमा अब हामी लाग्नुपर्छ ।’ 

अध्यक्ष गोल्यानले भारतले नेपाली अलैंची ७ सयमा नेपालबाट आयात गरेर खाडी मुलुकमा भारु १७ सय रुपैयाँमा निर्यात गर्ने गरेको समेत जानकारी दिए । उनले नेपाली युवाले नेपाली उत्पादनलाई प्याकिङ गरेर विदेशी निर्यात गर्ने सोचमा भए सीवीफीनले आर्थिक सहयोग गर्नसक्ने बताए । 

उनले भने, ‘गोल्यानले नेपाली भएर नेपाली खान र लगाउन सक्यो भने नेपाली उद्योग र किसानलाई राहत हुन्छ । नेपाल कृषिजन्य उत्पादनमा आत्मनिर्भर हुनको लागि हरेक नेपालीले नेपाली उत्पादनलाई प्राथमिकता दिएर नेपाली उत्पादन लगाउन र खान आवश्यक छ ।’