तरलता अभाव भन्दै गलत हल्ला भयो, लगानीयोग्य पँजीको अभाव होः डेपुटी गभर्नर मिश्र 

तरलता अभाव भन्दै गलत हल्ला भयो, लगानीयोग्य पँजीको अभाव होः डेपुटी गभर्नर मिश्र 

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर बम बहादुर मिश्रले नेपालमा तरलताको अभाव नभएको बताएका छन । शुक्रबार नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनमा बोलदै उनले नेपालमा तरलता अभाव नभई लगानीयोग्य पुँजीको अभाव भएको बताएका हुन । कार्यक्रममा सबैलाई तरलताको अभाव भन्दै गलत सूचना प्रवाह नगर्न आग्रह गर्दै उनले भने, ‘ अहिले नेपालमा तरलता अभाव भन्दा पनि लगानीयोग्य पुँजीको अभाव हो, हामी ठूलो फोरममा छौं, तरलता अभाव भन्दै गर्दा अन्तर्राष्ट्रिय रुपमा गलत सूचना प्रवाह हुन्छ । यसो नगर्नुस ।’  

यस्तै, उनले हेजिङको व्यवस्थाप्रति राष्ट्र बैंक सकारात्मक भएको बताउँदै उनले सरकारले केही निश्चित सीमा व्यहोर्ने किसिमले हेजिङको व्यवस्था गर्नु पर्ने धारणा राखे ।

उनले लगानीकर्तालाई बस्ने, बस्ने र निस्कने वातावरण पनि सहज गराउनु पर्ने र लगानीकर्तालाई अनेक दुख दिने काम गर्यो भने देशमा लगानीको वातावरण नबन्ने बताए । त्यसका लागि सरकारले सहज वातावरणको सिर्जना गर्नु पर्ने उनले बताए ।