राष्ट्र बैंकले बैंकहरुलाई दिन थाल्यो नयाँ नोट, सर्वसाधारणहरुले २९ गतेबाट पाउने 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
राष्ट्र बैंकले वडा दशैंको लागि नयाँ नोट बैंक तथा वित्तीय संस्थालाई दिन थालेको छ। राष्ट्र बैंकले बुधबारदेखि बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट दिन थालेको हो।

राष्ट्र बैंकका अनुसार बुधबार विभिन्न बैंक तथा वित्तीय संस्थालाई झन्डै २२ करोड रुपैयाँ नयाँ नोट दिईएको छ। नेपालका अनुुसार बिहीबर ३० करोड रुपैयाँबराबरको नयाँ नोट बैंक तथा वित्तीय संस्थामा गएको छ। राष्ट्र बैंकले वाणिज्य बैंकलाई १० करोड, विकास बैंकलाई ५ करोड र फाइनान्स कम्पनीलाई ३ करोड रुपैयाँको नयाँ नोट वितरण गर्ने व्यवस्था गरेको छ। राष्ट्र बैंकले यी संस्थालाई बढीमा २ पटकसम्म नयाँ नोट वितरण गर्ने बताइएको छ । 

राष्ट्र बैंकले बैंकहरुलाई बढीमा असोज ७ गतेसम्म नयाँ नोट उपलब्ध गराउने र सर्वसाधारणले असोज १४ गतेसम्म नयाँ नोट सटही गर्न सक्नेछन् । सर्वसाधारणहरुले यही आगामी भदौ २९ गतेबाट नयाँ नोट साट्न पाउनेछन्।