२ खर्ब ५९ अर्ब ५५ करोड सहुलियतपूर्ण कर्जा स्वीकृत, १ लाख ४७ हजार बढि ऋणी लाभान्वित

२ खर्ब ५९ अर्ब ५५ करोड सहुलियतपूर्ण कर्जा स्वीकृत, १ लाख ४७ हजार बढि ऋणी लाभान्वित

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
गत आर्थिक वर्षको असार मसान्तसम्म ५६ वटा विभिन्न बैंक तथा वित्तिय संस्थाहरुले २ खर्ब ५९ अर्ब ५५ करोड ७९ लाख रूपैयाँ सहुलियतपूर्ण कर्जा स्वीकृत गरेका छन । बैंक तथा वित्तीय संस्थाले विभिन्न १० शीर्षकमा १ लाख ४७ हजार ३९३ ऋणीको उक्त रकम बराबरको कर्जा स्वीकृत गरेका नेपाल राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकका अनुसार २ खर्ब १३ अर्ब ८८ करोड ९२ लाख रुपैयाँ कर्जा स्वीकृत गर्न बाँकी छ । स्वीकृत भएको कर्जामध्ये सबैभन्दा बढी ‘क’ वर्गका वाणिज्य बैंकको २ खर्ब २६ अर्ब ८१ करोड ९० लाख ६० हजार रुपैयाँ रहेको छ ।

वाणिज्य बैंकबाट १ खर्ब ८६ अर्ब २२ करोड ९६ लाख २ हजार रुपैयाँ कर्जा स्वीकृत हुन बाँकी छ । यस्तै विकास बैंकबाट २९ अर्ब ४३ करोड १ लाख ६३ हजार रुपैयाँको कर्जा स्वीकृत भएको छ भने २४ अर्ब ७२ करोड ८१ लाख ९५ हजार रुपैयाँ कर्जा स्वीकृत हुन बाँकी छ । फाइनान्स कम्पनीबाट असार मसान्तसम्म ३ अर्ब २० करोड ५९ लाख ९५ हजार रुपैयाँको कर्जा स्वीकृत भएको छ भने २ अर्ब ८५ करोड ११ लाख ८४ हजार रुपैयाँ स्वीकृत हुन बाँकी रहेको छ । यस्तै ‘घ’ वर्गका माइक्रोफाइनान्स कम्पनीले १० करोड २६ लाख ९० हजार रुपैयाँ कर्जा स्वीकृत गरेर ८ करोड २ लाख ९४ हजार रुपैयाँ कर्जा स्वीकृत गर्न बाँकी रहेको राष्ट्र बैंकले जनाएको छ । 

असार मसान्तसम्म सहुलियतपूर्ण कर्जा १ लाख ४७ हजार ३९३ ऋणीले लिएकोमा ‘क’ वर्गका वाणिज्य बैंकबाट १ लाख २५ हजार ७७१, ‘ख’ वर्गका विकास बैंकबाट १९ हजार ६२५, ‘ग’ वर्गका फाइनान्स कम्पनीबाट १ हजार ८९३ जना र ‘घ’ वर्गका वित्त संस्थाहरुबाट १०४ जना ऋणीले कर्जा लिएका छन् ।

असार मसान्तसम्म सबैभन्दा बढी व्यवसायिक कृषि तथा पशुपन्छी शीर्षकमा १ खर्ब ६५ अर्ब ४३ करोड ४५ लाख ८ हजार रुपैयाँ र शिक्षित युवा स्वरोजगार कर्जा १० करोड ३० लाख ५७ हजार रुपैयाँ बराबरको स्वीकृत भएको छ । १५७ ऋणीको उक्त कर्जा स्वीकृत भएको हो भने ७ करोड ६० लाख ७६ हजार रुपैयाँको कर्जा स्वीकृत हुन बाँकी छ । 

असार मसान्तसम्म ७७ करोड ७० लाख ७६ हजार रुपैयाँ विदेशबाट फर्केका युवा परियोजना कर्जा स्वीकृत भएको छ । ५६ करोड ४२ लाख ४५ हजार रुपैयाँ कर्जा स्वीकृत हुन बाँकी छ । महिला उद्यमशील कर्जा शीर्षकमा ८ खर्ब ८९ अर्ब ८४ करोड ३० लाख रुपैयाँ स्वीकृत भएको छ भने ७ अर्ब ९९ करोड ६० लाख ६२ हजार रुपैयाँ कर्जा स्वीकृत हुन बाँकी छ । 

दलित समुदाय व्यवसाय विकास कर्जा ७६ करोड ७२ लाख ७ हजार रुपैयाँ स्वीकृत भएको छ भने ५८ करोड २३ लाख ४२ हजार रुपैयाँ कर्जा स्वीकृत हुन बाँकी छ भने ५ करोड ९२ हजार रुपैयाँ उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा स्वीकृत भएर ३ करोड ६५ लाख १७ हजार रुपैयाँ स्वीकृत हुन बाँकी छ । कपडा उद्योग सञ्चालनका लागि भन्दै ३ अर्ब ३६ करोड ९९ लाख १९ हजार रुपैयाँ कर्जा स्वीकृत भएको छ भने २ अर्ब ३५ करोड ८५ लाख १२ हजार रुपैयाँ कर्जा स्वीकृत हुन बाँकी रहेको छ । भूकम्प पीडितहरुको निजी आवास निर्माण गर्नका लागि ६ करोड ७ लाख ५१ हजार रुपैयाँ स्वीकृत हुँदा ३ करोड २३ लाख ४ हजार रुपैयाँ स्वीकृत हुन बाँकी रहेको राष्ट्र बैंकले जनाउँछ । 

प्राविधिक तथा व्यवसायिक तालिम परिषदबाट मान्यताप्राप्त संस्थाबाट दिइने तालिमका लागि ४ लाख रुपैयाँ कर्जा स्वीकृत हुँदा २ लाख ६१ हजार स्वीकृत हुन बाँकी छ । युवा वर्ग स्वरोजगार कर्जाका लागि १ करोड ६ लाख रुपैयाँ स्वीकृत हुँदा ८८ लाख ७३ हजार रुपैयाँ स्वीकृत हुन बाँकी छ । असार मसान्तसम्म राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि १६ अर्ब ९६ करोड ८५ लाख ८ हजार रुपैयाँ दिएको छ ।

\"\"\"\"