अमृत पुडासैनी, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आउँदो २६ गते बाट नयाँ नोट सटही गर्ने भएकोे छ । हरेक बर्ष दशैं, तिहारलाई लक्षित गरेर राष्ट्र बैंकले नयाँ नोट सर्वसाधरणलाई सटही गर्ने गरेकोले यो बर्ष पनि नयाँ नोट सटहीको मिति तय गरेको हो ।
राष्ट्र बैंकको मुद्रा ब्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती नेपालका अनुसार नयाँ नोट सटहीको मिति तोकिएको भएपनि कति नोट ल्याउँने भन्ने बारेमा हालसम्म कुनै जानकारी आएको छैन । उनले भने, ‘कति नयाँ नोट निकाल्ने भन्ने बारेमा राष्ट्र बैंकको यही आउँदो २२ गते भित्र बैंठक बसेर टुगो लाग्नेछ ।’
चार्डपर्वकै लागि ल्याउँने यस्तो नोटमा राज्यको बर्षेनि ३ अर्ब भन्दा माथि खर्च हुन्छ । विजया दशमीको टिका लगाएर दक्षिणा दिँदा होस वा पुजा गर्दा नयाँ नोटको प्रयोग हुने गरेको छ । जसले गर्दा नोट चाडै च्यातिने, रङ्ग लाग्ने, पुरानो हुने मात्रै नभएर नयाँ नोट भएपनि प्रयोगमै नआउँने सम्मको हुने गरेको पाइन्छ । यसले राज्यलाई प्रत्येक बर्ष नयाँ नोट ल्याउँनु पर्ने हुन्छ र हरेक बर्ष नयाँ नोट निकाल्दा पनि आर्थिक भार हुने गरेको देखिन्छ ।
नोटको दुरुपयोग गरे कस्तो संजाय हुन्छ ?
फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन–२०७४ को मुद्रा सम्बन्धी कसुरको महल दफा २ सय ६३ को उपदफा १ र २ मा नोट वा सिक्का जलाउन, गाल्न, च्यात्न वा नोटमा लेख्ने नहुने उल्लेख गरेको छ । सो ऐन अनुसार अधिकार प्राप्त अधिकारीको आदेश बिना कसैले पनि मुद्राको रुपमा प्रयोगमा आएको बैंक नोट वा सिक्कालाई जलाउन वा त्यसलाई काम नलाग्ने गरी गाल्न वा च्यात्न हुदैन भनेर उल्लेख गरेको छ । यस्तो कार्य गरेको प्रहरीले भेटेमा वा कही कतै बाट उजुरी परेमा तोकिएको कानुनी कारबाही हुने । किनकी हामीले तिरेको कर बाट नै नोट बनाउँन खर्च हुने भएकोले नोटको जतन गर्नु सबैको दायित्व हो ।
डिजिटल कारोबार बढेपनि नयाँ नोट बनाउनमा कमी आएन
राष्ट्र बैंकका तथ्यांक अनुसार २०७९ को साउन मसान्तमा मात्रै १ करोड ८३ लाख ७ हजार २५५ जना डिजिटल प्रविधीबाट कारोबार गर्नेको संख्या उल्लेख रहेको छ । जसमा इन्टरनेट बैंकिङ्गको प्रयोगकर्ता १० लाख ४५ हजार ५५८ बाट बढेर १६ लाख ८४ हजार ३१० पुगेको छ । त्यस्तै कनेक्ट आइपिएस प्रयोग कर्ताको संख्या ५ लाख ३५ हजार ६१५ बाट बढेर ८ लाख ९६ हजार ३३४ पुगेको छ । दिनप्रतिदिन डिजिटल कारोबार गर्नेको संख्यामा उल्लेख्य वृद्धि भएको छ तर पनि चाडपर्वको समयमा भने राष्ट्र बैंकले निकाल्ने पैसामा कुनै प्रकारको कमी आएको छैन ।
हरेक बर्ष नोटमा नै ३ अर्ब भन्दा बढी खर्च हुने गरेको छ । तर पनि राष्ट्र बैंकले डिजिटल माध्यमबाट भुक्तानी गर्ने बारे भने कुनै जनसचेतना दिन सकेको छैन जसको कारणले हरेक बर्ष ३ अर्ब भन्दा बढी खर्च भईरहेको छ ।
प्रतिक्रिया