पोखरामा बेलुन पड्कँदा अर्थमन्त्री पौडेल घाइते, किर्तिपुरमा उपचार हुँदै

पोखरामा बेलुन पड्कँदा अर्थमन्त्री पौडेल घाइते, किर्तिपुरमा उपचार हुँदै


काठमाडौं – उपप्रधान एंव अर्थमन्त्री विष्णुप्रसाद पौडेल अस्पताल भर्ना भएका छन् । पोखरामा कार्यक्रम उद्घाटनका क्रममा शनिबार दिउँसो बेलुन पड्किँदा घाइते भएका अर्थमन्त्री पौडेल अस्पताल भर्ना भएका हुन् ।

कार्यक्रम उद्घाटनका क्रममा बेलुन उडाउनेक्रममा आगोको झिल्कोले बेलुन भेट्दा पड्किएको थियो । हाइड्रोजन ग्यास भरेको बेलुन पड्कँदा शरिरमा जलन भएकारले किर्तिपुरस्थित बर्न अस्पताल भर्ना भएका हुन् ।

उनको आईसीयूमा सघन उपचार भइरहेको अस्पतालले जानकारी दिएको छ । अर्थमन्त्री पौडेलसँगै पोखरा महानगरका मेयर धनराज आचार्य समेत घाइते भएको र उनको समेत किर्तिपुर बर्न अस्पतालमा उपपचार भइरहेको अस्पतालले जानकारी दिएको छ ।

पोखरा भ्रमण वर्षको उद्घाटन गर्नेक्रममा आगोको झिल्को पर्दा बेलुन पड्केको थियो । हाइड्रोजन ग्यासबाट भरिएको बेलुन पड्केर घाइते भएका अर्थमन्त्री र मेयरलाई पोखरामा नै प्रारम्भिक उपचार गरिएको थियो । त्यसपछि उनीहरुलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।