पाथीभरा केबलकार

विकास राेक्ने आन्दोलनमा ‘घुसपेठी’ हाबी, ‘नो केबलकार’ समूहमा गैह्र ताप्लेजुङवासीको हालीमुहाली

विकास राेक्ने आन्दोलनमा ‘घुसपेठी’ हाबी, ‘नो केबलकार’ समूहमा गैह्र ताप्लेजुङवासीको हालीमुहाली


काठमाडौं – ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरामा बन्ने केबलकारको विरोध गर्ने ‘नो केबलकार’ समूहमा ‘घुसपेठी’को रजगज चल्न थालेको छ । ताप्लेजुङ्गवासिलाई विकासबाट वञ्चित गर्ने र राजनीतिक लाभ लिने लक्ष्यसहित जिल्लाबाहिरका गैह्र ताप्लेजुङवासीको रजगज देखिएको हो ।

ताप्लेजुङमा अघि बढेको पाथीभरा केबलकार निर्माणमा स्थानीयको साथका बाबजुद ‘नो केबलकार’ समूह आन्दोलनरत छ । तर, यो समूहको नेतृत्व तहमा विकास चाहिने वा नचाहिने तथा विकासबाट लाभ हानि बेहोर्ने जिल्लावासी र स्थानीयवासीको तुलनामा बाहिरी जिल्लाका प्रतिनिधिको दबदबा देखिएको छ ।

अर्थात् आफ्नो जिल्लामा विकास चाहिने वा नचाहिने भनेर निर्णय गर्न सक्ने जिल्लावासीलाई वञ्चित गरेर ताप्लेजुङवासीलाई विकासबाट वञ्चित गर्ने दाउ गैह्र ताप्लेजुङवासीमा देखिएको छ । आन्दोलन सुरु भएर पूर्वका ९ वटा जिल्लामा यातायात प्रभावित बनेर संघीय राजधानी काठमाडौंसम्म आन्दोलनको बाछिटा परेसँगै सरकारले वार्ता टोली बनाएको छ ।

यही वार्ता टोलीमा जिल्लावासीको तुलनामा गैह्र जिल्लावासीको हालीमुहाली देखिएको हो । ‘हामीलाई विकास चाहिएको छ/छैन उनीहरूलाई मतलब नै छैन,’ एक स्थानीयले बैंकिङ्ग समाचारसँग भने, ‘तर, उनीहरूलाई चाहिएको छैन । जसरी पनि हाम्रो ठाउँलाई अघि जानबाट रोक्न उनीहरू लागेका छन् । वास्तवमा हामीलाई विकास चाहिएको छ ।’

उनकाअनुसार जिल्लाको विकास प्राथमिकतामा हुनुपर्नेमा राजनीतिक मुद्दा बन्दा ‘नो केबलकार’ समूह हाबी भएको छ । ‘त्यो समूहमा रहेका व्यक्ती नै गैह्र ताप्लेजुङवासी हुन् । मेरो भाषामा भन्दा घुसपेठी हुन्,’ ती स्थानीले नाम नबताउने सर्तमा भने, ‘तँपाई नै हेर्नुस न । वार्ता टोलीमा ताप्लेजुङवासी छन् वा छैनन् भन्ने कुरा ।’

विकास र समृद्धि तथा लगानीलाई राजनीतिक र पहिचानको मुद्दा बनाउँदा समग्र क्षेत्रको विकास नै ओझेलमा पर्ने जोखिम बनेको छ । ती स्थानीयले भनेजस्तै वार्ता टोलीमा जिल्लावासीको तुलनामा गैह्र जिल्लावासी धेरै देखिन्छन् । वार्ता टोलीमा स्थानीयवासीको तुलनामा घुसपेठीको दबदबा हुँदा वार्ता सफलको तुलनामा विफल बन्न सक्ने जोखिम बढेर गएको देखिन्छ ।

‘स्थानीयको सही माग भए केबलकार निर्माताले सम्बोधन गर्नुपर्छ । स्थानीयले भनेको मान्दैन भने राज्यले जिम्मेवारी लिनुपर्छ,’ एक व्यवसायी भन्छन्, ‘तर, यसरी लगानी नै प्रभावित पार्ने गरी भइरहेको आन्दोलन उचित होइन ।’ उनकाअनुसार केबलकार निर्माता समूहले स्थानीयवासीको जायज माग सम्बोधन गर्न चुक्न हुँदैन ।

वार्ता टोलीमा गैह्र ताप्लेजुङवासीको हालीमुहाली, को छन् ?

गृह मन्त्रालयले माघ २१ मा गठन गरेको सहसचिव प्रेम प्रसाद भट्टराई नेतृत्वको टोलीसँग ‘नो केबलकार’ समूहबाट आइतबार वार्ता गर्नेहरूमा आयोजना स्थलबाट एक जनापनि थिएनन् । वार्ता टोलीमा रहेकामध्ये माइती ताप्लेजुङ भएकी सरस्वती सिंघक (सरु) लामो समय विदेश बसेर फर्किएकी हुन् । हाल उनी झापा बस्छिन् ।

कलाकार समेत रहेका यासेली योङहाङको घर पाँचथर हो । उनी मुन्धुमका जानकार पनि मानिन्छन् । यस्तै, टोलीका सूर्यविक्रम चेम्जोङको घर धनकुटा हो । उनी जनता समाजवादी पार्टी (जसपा)का नेता हुन् । खगेन्द्र माखिम संघीय लिम्बुवान पार्टीमा सक्रिय छन् । तेह्रथुम घर भएका उनी पहिचानवादी नेताका रूपमा चिनिन्छन् ।

सन्तोष मेहताको घर सुनसरी हो भने उनी राजेन्द्र महतोको पार्टी राष्ट्रिय मुक्ति पार्टीमा आबद्ध छन् । दिलकुमार लावतीको घर पाँचथर हो । उनी नागरिक उन्मुक्ति पार्टी (नाउपा)का सहसचिव हुन् । यस्तै, आङकाजी शेर्पा जसपा नेता हुन भने उनको घर सोलुखुम्बु हो । राजकुमार नाल्बो नेपाल जनमुक्ति पार्टी (नेजपा)का नेता हुन् र उनको घर ताप्लेजुङ हो । यद्यपि, उनी समेत विगत लामो समयदेखि काठमाडौंमा बसोबास गर्दै आइरहेका छन् । यसबाहेक, वार्ता टोलीका रन्धोज तम्लिङ पनि पाँचथरका बासिन्दा हुन् ।