बैंक डुबे सर्वसाधारण नै सुरुमा डुब्छन् – राष्ट्र बैंक

बैंक डुबे सर्वसाधारण नै सुरुमा डुब्छन् – राष्ट्र बैंक


काठमाडौं – नेपाल राष्ट्र बैंकले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमाथि भइरहेको निरन्तरको आक्रमणमा चिन्ता व्यक्त गरेको छ । राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले बैंकिङ्ग समाचारसँग कुराकानी गर्दै बैंकहरुमाथि भइरहेको आक्रमण असान्दर्भिक र अमर्यादित भएको बताएका हुन् ।

उनले बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणको धेरै लगानी र निक्षेप रहेको समेत बताए । यहीकारण, बैंक तथा वित्तीय संस्था डुब्दा लगानीकर्ताको तुलनामा सर्वसाधारणको पैसा नै धेरै डुब्छ । यस्तै, बैंकको सञ्चालन र अस्तित्व सम्बन्धमा असोभनिय भनाइहरु आउनु अस्वीकार्य भएको पौडेलको भनाई छ ।

बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणले शेयरमार्फत लगानी गरेका छन् । यस्तै, बैंकमा निक्षेपकारुपमा रहेको अधिकांश रकम सर्वसाधारणकै रहेको समेत राष्ट्र बैंकको भनाई छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थालाई सामाजिक सञ्जालमार्फत विभिन्न असोभनिय आरोप लाग्दै आइरहेको छ ।

विभिन्न पेशा व्यवसायसँग जोडेर विभिन्न बैंक तथा वित्तीय संस्था डुब्दैछन् भन्ने हल्ला व्याप्त छ । यो खालको हल्लाका कारण बैंक तथा वित्तीय संस्था समस्यामा परेमा सबैभन्दा सुरुमा सर्वसाधारण नै डुब्ने केन्द्रीय बैंकले जनाएको हो ।