बैंकिङ्ग कसुर मुद्दामा काठमाडौंबाट निरज बुढाथोकी समातिए, ८ दिन कैद र ४२ लाख जरिवानाको सजाय 

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
उच्च अदालत पाटनबाट बैंकिङ्ग कसुर मुद्दामा आठ दिन कैद र ४२ लाख जरिवाना तोकिएका निरज बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनले २०७७ पुस १९ गते बुढाथोकीलाई बैंकिङ्ग कसुर तथा सजाय ऐन २०६४ बमोजिम आठ दिन कैद र ४२ लाख जरिवानाको फैसला गरेको थियो ।

हालसम्म फरार भएका रेग्मीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जको टोलीले मङ्गलबार काठमाडौँको कोटेश्वरबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । 

रामेछापको मन्थली नगरपालिका–७ घर भई हाल काठमाडौँ– १० बस्ने ३९ वर्षीय बुढाथोकीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानी–जानी झुक्यानमा पारी पीडितलाई सेन्चुरी बैँकको चेक दिएका थिए । फैसला कार्यान्वयनका लागि बुढाथोकीलाई आजै जिल्ला अदालत काठमाडौँमा पेस गरिने प्रहरीले जनाएको छ ।