एआईमा चीनको क्रान्तिले पश्चिमा प्रविधि कम्पनीलाई अर्बौंको क्षति

एआईमा चीनको क्रान्तिले पश्चिमा प्रविधि कम्पनीलाई अर्बौंको क्षति


एजेन्सी – विश्वको आकलन विपरीत चीनले कृत्रिम बौद्धिकता (एआई)मा गरेको क्रान्तिले पश्चिमा प्रविधि कम्पनीले अर्बौंको क्षति बेहोरेका छन् । चीनले कृत्रिम बौद्धिकता (एआई)मा गरेको प्रगतिले पछिल्लो २४ घण्टामा नै पश्चिमा प्रविधि कम्पनीले अर्बौं अमेरिकी डलरको क्षति बेहोरेका हुन् ।

चीनकाे एआई च्याटबोट ‘डिपसीक’ चीनसहित विश्वव्यापीरुपमा अत्याधिक लोकप्रिय बन्न थालेको छ । एप्पलको एपस्टोरबाट सबैभन्दा धेरै डाउनलोड हुने एपको सूचीमा ‘डिपसीक’ पहिलो स्थानमा आइसकेको छ । यससँगै, अमेरिका लगायत पश्चिमा मुलुकको एआईमा चीन पछाडि रहेको आकलन समेत गलत साबित भएको छ ।

‘रियलटाइम’ सूचना दिने एआई प्रबद्धित च्याटबोटको ऐतिहासिक सफलतासँगै अमेरिकासहित युरोपेली प्रविधि कम्पनीले अर्बौं डलर गुमाएका छन् । चीनले यो सफलताले अमेरिकाको सेमिकन्डक्टर उत्पादक ‘एनभिदिया’को उत्पादन लागत र शेयर मूल्यमा समेत प्रश्न उठ्न थालेको छ ।

यस्तै, माइक्रोसफ्ट, मेटा, एप्पल, अल्फावेट र एमेजन लगायत कम्पनीको शेयर मूल्यमा समेत भारी गिरावट आएको छ । अन्तर्राष्ट्रिय समाचारहरुका अनुसार अमेरिकाका प्रविधि कम्पनीको शेयर मूल्यमा एकै दिन १०० अमेरिकी डलरभन्दा बढीको गिरावट आएको छ ।

एआई कम्पनीहरुमा पश्चिमाको लागतको तुलनामा चिनियाँ प्रविधिको न्यून लागत नै डिपसीकको सफलताको राज भएको उल्लेख गरिएको छ । डिपसीकको सफलता हासिल गर्न थालेसँगै वालस्ट्रिटको शेयर मूल्यमा उच्च गिरावट आएको छ भने एनभिदियाको समग्र शेयर मूल्य ६०० अमेरिकी डलरले घटेको छ ।

यस्तै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी प्रविधि कम्पनीलाई यो चेतावनी भएको स्वीकारेका छन् । समाचार संस्था सीएनबीसीका अनुसार राष्ट्रपति ट्रम्पले डिदीपसीकको सफलताले अमेरिकी कम्पनीमा चुनौती थपिएको बताएका हुन् । ट्रम्पले न्यून लागत भएका कारण दीपसीकले यो सफलता पाएको समेत बताए ।

यता सिलिकन भ्यालिका उद्यमी मार्क आन्देसनले डिपसीकलाई स्वागत गरे । उनले भने, ‘डिपसीकले हासिल गरेको उचाइ एआई बजारमा अहिलेसम्म हासिल सबैभन्दा प्रभावशाली र उत्कृष्ट सफलता हो ।’ चिनियाँ एआई च्याटबोट दीपसीक पश्चिमा कम्पनीहरुको तुलनामा न्यून लागतमा निर्माण भएको कम्पनी हो ।

निर्माताहरूका अनुसार यो जम्मा ६० लाख डलरमा निर्माण भएको हो । जबकि, अमेरिकी एआई कम्पनीहरू निर्माणको लागत अर्बौं डलरभन्दा बढी छ ।