बैंकिङ्ग समाचार, काठमाडौं ।
अघिल्लो आर्थिक वर्ष ५२ करोड मात्रै नाफामा खुम्चिएको सिभिल बैंकले यस वर्ष भने १ अर्ब भन्दा बढि नफा कमाउन सफल भएको छ । पहिलो पटक वाणिज्य बैंकहरुमध्यको अर्बपति क्लबमा पुगेको सिभिल बैंकले यस वर्ष १ अर्ब ३८ करोड रुपैयाँ नाफा भएको जनाएको छ । ९ अर्ब ७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको सिभिल बैंकले सेयरधनीलाई वितरण गर्न सक्ने नाफा १ अर्ब भएको उल्लेख गरेको छ । यसबाट बैंकले सेयरधनीलाई ११ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ ।
बैंकले ब्याज आम्दानीबाट ३ अर्ब ६४ करोड कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको ब्याज आम्दानीबाट अघिल्लो वर्ष २ अर्ब २१ करोड थियो । बैंकको पुँजीकोष अनुपात १६.०५ प्रतिशत छ ।
यस्तै कर्जा निक्षेप अनुपात ८५.४६ प्रतिशत छ । बेसरेट १०.४६ प्रतिशत छ । खराब कर्जा अनुपात १.०८ प्रतिशत छ । बैंकको स्प्रेडदर ४.२९ प्रतिशत छ । जुन अघिल्लो वर्ष २.५२ प्रतिशत थियो । बैंकको प्रतिसेयर आम्दानी १५.२६ रुपैयाँ छ ।सिभिल बैंकले हिमालयन बैंकसँग प्राप्ती सम्झौतामा समझदारी गरेको छ । बैंकको अध्यक्षमा आएका प्रतापजंगा पाण्डे तथा प्रमुख कार्र्यकारी अधिकृत सुनिल पोखरेलको नेतृत्वमा पहिलो पटक नाफामा बैंकले रेकर्ड कायम गरेको हो ।
असार मसान्तसम्म बैंकको निक्षेप ९४ अर्ब ४९ करोड तथा कर्जा ८३ अर्ब ४४ करोड छ । अघिल्लो वर्ष असार मसान्तमा बैंकमा निक्षेप ८८ अर्ब तथा कर्जा ७९ करोड थियो ।
प्रतिक्रिया