बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल धितोपत्र बोर्डले ग्लोबल इक्विटी फण्डलाई भेञ्चर क्यापिटल व्यवसाय सञ्चालन गर्न अनुमति दिएको छ ।
स्रोतका अनुसार बोर्ड सञ्चालक समितिको पछिल्लो बैठकले ग्लोबल इक्विटी फण्डलाई भेञ्चर क्यापिटल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ । बोर्डको निर्णयसँगै फण्डलाई भेञ्चर क्यापिटल व्यवसाय सञ्चालन गर्न बाटो खुल्ने भएको छ ।
धितोपत्र बोर्डमा आवेदन दिएका १७ वटा कम्पनीमध्ये ९ वटा छनोट भएका थिए । ९ वटालाई बोर्डले पूर्वाधार तयार बनाउन निर्देशन दिएको थियो । ९ वटामध्ये एउटाले अनुमति पाएसँगै बाँकी ८ वटा पूर्वाधार निर्माणको तहमा छन् ।
र्पूाधार तयार गरेका, आवश्यक कागजात पुरा गरेका थप ३ वटा कम्पनीले अर्को साता अनुमति पाउने भएका छन् । धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले प्रकृया पूरा गरेर आए सबै कम्पनीलाई भदौसम्म अनुमति दिने बताए ।
बोर्डमा आवेदन दिएर बोर्डले तोकेको मापदण्ड पूरा गरेका कम्पनीलाई पूर्वाधार बनाउन निर्देशन दिएसकेको छ । बोर्डले पुूर्वाधार तयार पार्न आध्यान्त फण्ड लिमिटेड, अवसर फण्ड लिमिटेड, एनएमबी क्यापिटल, एनआईसी एसिया क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, नबिल इन्भेष्टमेन्ट बैंकिङ र एनआईबीएल एस क्यापिटललाई निर्देशन दिइसकेको छ ।



About Us
प्रतिक्रिया