बैंकिङ्ग समाचार, काठमाडौं ।
भनिन्छ बचत नै समृद्धिको आधार हो । भविष्यमा आइपर्ने आकस्मिक वित्तीय जोखिमलाई सजिलै पार लगाउन, अवकास पछिको जीवनको लागि, आम्दानी कम भएको समयमा खर्च धान्न, शिक्षा, स्वास्थ्य उपचारका लागि, विबाह, सामाजिक रितीरिवाज मनाउन, व्यवसाय संचालन गर्न, भ्रमण, सामाजिक सुरक्षा, स्तरीय जीवन जीउन, बिलासीलताका सामान खरीद गर्न, बैदेशिक रोजगारीमा जान, घरजग्गा निर्माण–खरीद–मर्मत गर्न, उपहार दिन, सवारी साधन खरीद गर्न, कर्जाको सांवा ब्याज भुक्तानी गर्न, लगानी गर्न आदि प्रयोजनको लागि बचत अत्यन्तै महत्वपूर्ण छ ।
हामी सबै बचत गर्न चाहन्छौं । तर कहाँ गर्ने ? कसरी गर्ने ? कुन बैंकमा गर्ने ? विकास बैंकमा गर्ने कि वाणिज्य बैंकमा ? अथवा सहकारी, फाइनान्स, लघुवित्त कहाँ गर्ने ? यस्ता तमाम दुविधा हामी सबैसँग विधितै छन । तर यतीबेला एनआईसी एशिया बैंकले ‘एनआईसी एसिया सर्वश्रेष्ठ मुद्दती १० गुणा योजना’ ल्याएको छ । यो खाताबाट आफ्नो बचतलाई १० गुणासम्म वृद्धि गर्न सकिने बैंक बताउँछ । बैंक भन्छ, ‘यो योजनाले कुनै पनि बैंकमा मुद्दति खाताबाट आउने ब्याज, बीमाबाट आउने प्रतिफल वा अन्य पैसा बढाउने गर्ने कुनै पनि उपायभन्दा सतप्रतिशत बढी प्रतिफल दिने योजना हो ।’ त्यसो त बजारमा अन्य बैंक तथा वित्तिय संस्थाहरुले पनि बचतका थुप्रै अफरहरु ल्याएका छन, यसमै किन लगानी गर्ने त ? आउनुहोस जानौं यस्ता कारणहरुः
भिडियो हेर्नुहोस
१) पैसा बचत गर्दा ६ वर्षमा दोब्बर, २१ वर्षसम्म राख्दा १० गुणा प्रतिफल
बचतकर्ताले ‘सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ मा पैसा बचत गर्दा ६ वर्षमा दोब्बर रकम बढ्ने बैंकले ग्यारेन्टी गरेको छ । यस्तै सोही रकम २१ वर्षसम्म राख्दा पैसा १० गुणाले बढ्ने बैंक बताउँछ । बैंकको यो योजना लामो समयसम्म बचत गर्ने र बचत गरेको रकमबाट उच्च प्रतिफल प्राप्त गर्ने व्यक्तीहरुको लागि उचित हुने देखिन्छ । बैंक भन्छ ‘अहिले केही रकम बचत गरेर भविष्यमा आर्थिक सुरक्षामा सहयोग होस् भन्नेहरुका लागि यो योजना अत्यन्तै उपयुक्त छ । ग्रीहणी महिलाहरुका लागि त यो झनै उपयुक्त हुन्छ । यो सबैभन्दा उपयुक्त छ ।’
सर्वाधिक उच्च ब्याजदरसहित निक्षेप रकमको १० गुणा रकम फिर्ता पाइनेछ । यस योजनाअनुसार ग्राहकले मुद्दती खातामा राखेको रकम ६ वर्ष ४ महिना २५ दिनमा दोब्बर पाउन सकिन्छ । मानौं कुनै ग्राहकले ५ लाख रुपैयाँ राखेका छन् भने ६ वर्षमा १० लाख रुपैयाँ पाउनेछन् । १० वर्ष २ महिना १४ दिनसम्मलाई आफ्नो रकम बचत राख्ने हो बचतको तीन गुणा बढी रकम प्राप्त गर्नेछन् । आफूले राखेको रकमले ४ गुणासम्म रकम प्राप्त गरोस् भन्ने चाहना ग्राहकले १२ वर्ष ११ महिना २ दिन बचत गर्नुपर्ने हुन्छ । त्यसैगरी, १५ वर्ष १३ दिनमा ग्राहकको बचत रकम ५ गुणासम्म वृद्धि हुन्छ । यस्तै १८ वर्ष २ महिना २४ दिनमा ७ गुणासम्म, १९ वर्ष ६ महिना १ दिनमा ८ गुणासम्म, २० वर्ष ७ महिना १५ दिनमा ९ गुणासम्म र २१ वर्ष ७ महिना १७ दिनमा १० गुणासम्म आफ्नो बचत पुग्नेछ ।
२) ८४ लाखको बीमा सुविधा
अझ ‘सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ मा ८४ लाखसम्मको बीमा सुविधा पनि छ । बैंकले बचतकर्ता अझ प्रोत्साहन मिलोस भन्ने चहानाकासाथ यो सुविधा लागु गरेको बताएको छ । यो योजनाअन्तर्गत रु १० हजारको न्यूनतम मौज्दातमा ग्राहकले बचत खाता खोल्न सक्नेछन् ।
३) पाकेको ब्याज रकम धितो राख्दा ९० प्रतिशत कर्जा
‘सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ मा अझ खास कुरा के छ भने, यसमा पैसा बचत गरेर आएको ब्याज रकम धितोमा राखेर कर्जा पनि लिन सकिन्छ । आफ्ना छोराछोरीको कलेजको शुल्क भुक्तानी गर्न सकिन्छ । कर्जा आवश्यकता भएको बेला तुरुन्तै लिन सकिन्छ । मानौ कुनै बेला पैसाको इमरजेन्सी परेको बेला, अथवा अचानक कोही बिरामी परेका बेला यस्तो यो बचतको योजनामा आवद्ध भई यस्ता सेवाहरु लिन सकिन्छ ।
४) पाँच लाखसम्मको क्रेडिट कार्ड निशुल्क पाइने
बचतकर्ताले ‘सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’मा पैसा बचत गर्दा ५ लाखसम्म क्रेडिट लिमिट भएको क्रेडिट कार्ड निशुल्क पाउनेछन । क्रेडिट कार्ड लिँदा धेरै फाइदा पनि हुन्छ । मानौ मेरो घरमा केही सामानको आवश्यकता परेको छ तर पैसा छैन भने तुरुन्तै क्रेडिट कार्डबाट सामान खरिद गर्न सकिन्छ । क्रेडिट कार्डबाट अनेकौं बिलहरु भुक्तानी गर्न सकिन्छ । यसबाट बचतकर्ताहरुले अतुलनीय फाइदाहरु लिन सक्नेछन । अहिले तत्कालै सामान खरिद गर्यो, सपिङ्ग गर्यो पैसा बिस्तारै तिर्दा पनि हुन्छ ।
५) खाता खोल्न अत्यन्तै सजिलो
एनआईसी एशिया बैंकमा खाता खोल्न कुनै झनझट नै छैन । तपाईले सिधैं एनआईसी एशिया बैंकको आधिकारीक वेवसाइटमा गएर सजिलै खाता खोल्न सक्नुहुन्छ । अझ नजिकैको शाखामा पुग्नुभयो भने एकैछिनमा काम भइहाल्छ । बैंकले अनालाइन खाताका लागि निकै सजिलो बनाएको छ । खातासम्बन्धी कुनै समस्या उत्पन्न भएपनि बैंकको वेवसाइटमार्फत तपाईले आफ्नो समस्या पेश गर्न सक्नुहुन्छ । बैंकले तपाईको समस्याको समाभान सकेसम्म छिटो हल गरिदिनेछ । बैंकमा तपाईंले आवश्यक कागजात लिएर खाता खोल्न सक्नुहुनेछ ।
देशको दुरदराजमा रहेका लाखौं ग्राहकहरूमाझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी एशिया बैंकले निक्षेप रकमको १० गुणासम्म मुद्दती रकम फिर्ता हुने उच्च प्रतिफलको साथमा ५ वर्षको लागि रू.८४ लाखसम्मको बीमा सुविधा रहेको ‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सार्वजनिक गरेको छ ।
एन आई सी एशिया बैंकले ल्याएको छ, १० गुणासम्म प्रतिफल दिने ग्यारेन्टी सहित रू. ८४ लाखसम्मका ३ बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू भएको ‘सर्वश्रेष्ठ 10X मुद्दती योजना’ । साथमा, रू. ५ लाखसम्मको निःशुल्क क्रेडिट कार्ड सुविधा र निक्षेप तथा पाकेको ब्याज रकमको धितोमा ९० प्रतिशत सम्म कर्जा सुविधा । आवेदन दिनका लागि क्लिक गर्नुहोस् :???? https://bit.ly/3yPEA0h #NICASIABank #Sarbashrestha10Xmuddatiyojana
Posted by Roshan Kumar Neupane on Thursday, July 28, 2022
प्रतिक्रिया