बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल बैंक लिमिटेडबाट एकजना ग्राहकको ८ लाख रुपैयाँ पैसा गायब भएको छ । अनुमतिबिना निकालिएको पाइएपछि राष्ट्र बैंकमै हंगामा भएको छ । बैंकको रोल्पा घर्तीगाउँ शाखाबाट साउन २ गते उक्त रकम खातावालाई जानकारी नै नदिइ अर्को बैंकको खातामा ट्रान्सफर भएको पाइएको हो ।
राष्ट्र बैंकका एक अधिकारीका अनुसार घर्तीगाउँ शाखामा खाता खोलेका ग्राहकको खाताबाट बीना जानकारी रकम गायब भएको विषयमा जाँचबुझ भइरहेको बताएका छन ।
खातावालले यस विषयमा प्रहरी र बैंकमा आफूलाई जानकारी नै नदिएर रकम बाहिरीएको उजुरी गरेपछि यसको अनुसन्धान थालिएको हो ।
के भन्छ प्रहरी ?
नेपाल बैंकका खातावाला जनक वलीले प्रहरीमा दिएको उजुरीको आधारमा छानबिन सुरु भएको प्रहरीले जनाएको छ । बैंकको रकम भने मोवाईल बैंकिङ्गको पिन कोड कैलाली जिल्ला कनैया घर भएका र हाल धनगडीमा बस्ने केशव चौधरी, घोडाघोडी बस्ने बिर बहादुर चौधारी, शेर बहादुर चौधरी, सोनुकुमार सिंहको इसेवाको एकाउन्टमा ट्रान्फर देखिएको प्रहरीले जानकारी दिएको छ । शेर बहादुर चौधरी नामक व्यक्तीको माछापुच्छ्रे बैंकको खातामा समेत रकम पठाइएको प्रहरीले बताउँछ ।
प्रतिक्रिया