लक्ष्मी बैंकका सीईओ शाहको कार्यकाल ४ वर्ष थप 

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

लक्ष्मी बैंकको सीईओमा अजय विक्रम शाहको कार्यकाल थप गरिएको छ । २०७५ कात्तिक १५ गतेदेखि सीईओ रहेका शाहको ४ वर्षे कार्यकाल सकिनु अघिनै थप गरिएको हो । 

साउन ११ गते बसेको संचालक समितिको बैठकले सीईओ शाहको कार्यकाल थप गर्ने निर्णय गरेको हो । उनको कार्यकाल थप ४ वर्ष थपिएको छ । 

स्टाडर्ड चाटर्ड बैंकमा लामो समय गरेका शाहको नेतृत्वले लक्ष्मी बैंकको प्रदर्शन राम्रो भएको देखिएको छ । त्यसैले बैंकको संचालक समितिले शाहलाई निरन्तरता दिने निर्णय गरेको बुझिएको छ ।