बैंकिङ्ग समाचार, काठमाडौं ।
मेगा बैंकले ‘एक–से–एक बचत खाता’ नामक नयाँ बचत खाता योजना ल्याएको छ ।
बैंकले ‘एक–से–एक बचत खाता’ नाम दिएको यस बचत खातामा सगरमाथा, कञ्चनजञ्गा र ल्होत्से गरी तीन वटा हिमालको नामाकरण गरी फरक फरक सुविधाहरु ल्याइएको छ । यी योजनाहरुमा ८.०३ प्रतिशत ब्याज पाइनुका साथै बिभिन्न आकर्षक सुविधा तथा छुटको पनि व्यवस्था गरिएको छ ।
यसैगरी, यी तीनै वटा योजनामा डेबिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग चेक बुक र इ–कमर्श रजिष्ट्रेशन निःशुल्क गरिएको छ भने क्रेडिट कार्ड सुविधा पनि उपलब्ध छ । यसका साथै, ग्राहकहरुलाई रिटेल लोन प्रक्रिया शुल्कमा ०.२५ छुटसहित प्रिपेड डलर कार्ड, लकर लगायत विविध सेवामा छुटको व्यवस्था गरिएको छ ।
देशभरकै २ सय ८ वटै शाखा तथा २५ वटा एक्सटेन्सन काउन्टरहरुबाट यस योजना अन्तर्गत खाता खोल्न सकिने बैंकले जनाएको छ ।



About Us
प्रतिक्रिया