मौद्रिक नीतिः बैंकदर ८.५ % पुर्याइने, बैंकहरुले सीआरआरको सीमा ४ % राख्नुपर्ने

मौद्रिक नीतिः बैंकदर ८.५ % पुर्याइने, बैंकहरुले सीआरआरको सीमा ४ % राख्नुपर्ने

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गर्दै बैंक दरलाई बढाएर ८.५ प्रतिशतमा पर्याएको छ । 

नेपाल राष्ट्र बैंकले बैंकदरलाई बढाएर साढे ८ प्रतिशत पुर्याएको छ । ७ प्रतिशतमा रहेको बैंकदरलाई बढाएर ८.५ प्रतिशत पुर्याएको हो । यसले बैंकहरुबीच एक आपसमा हुने कारोबारको दर बढ्नेछ । 

 यस्तै मौद्रिक नीति सार्वजनिक गर्दै गर्भनर अधिकारीले चालु आर्थिक वर्षमा अनिवार्य नगद मौज्दात (सीआरआर) को सीमा ३ प्रतिशतबाट बढाएर ४ प्रतिशत कायम गरेको छ । अब बैंकहरुले निक्षेपको ४ प्रतिशत रकम अनिवार्य रुपमा मौज्दात राख्नुपर्ने व्यवस्था कायम भएको छ ।