यस्तो छ नेपाल इन्फ्रास्टक्चर बैंकको नयाँ ब्याजदर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले नयाँ ब्याजदर प्रकाशित गरेको छ । बैंकले आजैदेखि लागू हुनेगरी विभिन्न खाता तथा कर्जामा नयाँ ब्याजदर निर्धारण गरेको हो ।

बैंकले सुभ पूर्वाधार खाता अन्तर्गत संस्थागत तर्फ ५ वर्ष देखि १० वर्ष सम्मका लागि ९.५० प्रतिशत ब्याज र १० वर्षदेखि माथिको लागि ९.६० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । त्यस्तै सोही खाता अन्तर्गत बैंकले व्यक्तिगत तर्फ भने १० प्रतिशत ब्याज निर्धारण गरेको छ ।

त्यस्तै, निफ्राले कर्जातर्फ ग्रीनफिल्ड प्रोजेक्ट कर्जामा १२ देखि १४ प्रतिशत ब्याजदर, ब्राउनफिल्ड प्रोजेक्ट लोन अन्तर्गत ११.५ प्रतिशत देखि १३.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

यसका साथै ब्रिज ग्याप लोन अन्तर्गत शुन्य दशमलव ५० प्रतिशतदेखि माथि प्रोजेक्ट अुनसारको ब्याज निर्धारण गरिने बैंकले जनाएको छ । यस्तै, फरेन करेन्सी लोन अन्तर्गत वार्ताका आधारमा ब्याजदर निर्धारण गरिने र लोन अगेइन्स्ट एफडी अन्तर्गत कपन रेट प्लस अप टु ३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

\"\"