ग्लोबल आईएमई बैंकको नाफा ५ अर्ब २० करोडः ईपीएस बढ्यो, अन्य सूचक कस्ता ?  

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्षमा ५ अर्ब २० करोड ६४ लाख रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको भन्दा २५ प्रतिशतले बढी हो । बैंकले गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ अर्ब १६ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.५२ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ९.२७ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी १५.०४ प्रतिशत र सञ्चालन मुनाफा २६.९० प्रतिशत बढेको छ । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ३ अर्ब १९ करोड ९५ लाख रुपैयाँ रहेको छ ।

ईपीएस बढ्यो 

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ६३ पैसा बढेर २१ रुपैयाँ ८८ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११।४९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ११ पैसा रहेको छ ।

चुक्ता पूँजी १० प्रतिशतले बढ्यो 

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १० प्रतिशत बढेको छ भने जगेडा कोष २०.४२ प्रतिशत बढेको छ । 

निक्षेप संकलन र कर्जा प्रवाहमा झिनो अंकको वृद्धि 

बैंकको निक्षेप ३.३७ प्रतिशत र कर्जा प्रवाह १३.०७ प्रतिशत बढेको छ ।