गभर्नर अधिकारीले गरे प्रधानमन्त्रीसँग मौद्रिक नीतिको ब्रिफिङ्ग, भोलि शुक्रबार सार्वजनिक गरिँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवासँग मौद्रिक नीतिको ब्रिफिङ्ग गरेका छन् ।

गभर्नर अधिकारीले बालुवाटार पुगेर  प्रधानमन्त्री शेरबहादुर देउवासँग आर्थिक वर्ष २०७९र८० को मौद्रिक नीतिको ब्रिफिङ्ग गरेका हुन् । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवाले सम्हालेका छन । यो सँगै अब राष्ट्र बैंकलाई मौद्रिक नीति सार्वजनिक गर्न बाटो खुला भएको छ । राष्ट्र बैंकले आगामी वर्षको मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी गरिरहेको बताइएको छ । 

केन्द्रीय बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्था बमोजिम प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आइरहेको छ । सोही बमोजिम आर्थिक वर्ष २०७९र८० को लागि मौद्रिक नीति ल्याउन लागेको हो । राष्ट्र बैंकलाई बजेटमा लक्षित ८ प्रतिशतको आर्थिक वृद्धि प्राप्तिमा सहयोग हुने र मूल्यवृद्धिदर ७ प्रतिशतभित्रै राख्ने किसिमको मौद्रिक नीति निर्माण गर्नुपर्ने चुनौती छ ।