निक्षेप संकलन र कर्जा प्रवाह दुवैमा नबिल बैंक अगाडी, राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एसियाको निक्षेप घट्यो 

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
गत वर्षको मौद्रिक नीतिमा केन्द्रीय बैंकले निजी क्षेत्रमा प्रवाह हुने कर्जामा १९ प्रतिशत वृद्धि गर्ने लक्ष लिएको छ । तर उक्त लक्ष पुरा गर्नको लागि बैंकहरु असक्षम देखिएका छन । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एशोसिएसनबाट प्राप्त तथ्याङक अनुसार वाणिज्य बैंकहरुको कुल कर्जा लगानी १४.३९ प्रतिशतले मात्रै विस्तार भएको छ । निक्षेपको वृद्धिदर भने १०.४४ प्रतिशत मात्र छ ।

निक्षेप संकलन र कर्जा प्रवाह दुवैमा नबिल बैंक पहिलो

नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार निक्षेप र कर्जा प्रवाहका आधारमा नबिल बैंक अगाडी देखिएको छ । हालसालै नेपाल बंगलादेश बैंकलाई गाभेको नबिल बैंकको निक्षेप ४४.५४ प्रतिशतले बढेर ३ खर्ब २९ अर्ब ५७ करोड पुगेको छ । यस्तै कर्जा लगानी ५०।२८ प्रतिशतले बढेर ३ खर्ब ९अर्ब ६ करोड पुगेको छ ।

असार अन्तिम साता नबिलमा गाभिएको नेपाल बंगलादेश बैंकले जेठ मसान्तसम्म ८१ अर्ब २३ करोड निक्षेप संकलन गरी ८० अर्ब ४० करोड कर्जा लगानी गरेको थियो । नेपाल बंगलादेश बैंक गाभिनुअघि नबिल बैंकले २ खर्ब ४२ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । २ खर्ब २९ अर्ब ९ करोड कर्जा लगानी गरेको थियो ।

ग्लोबल आइएमई बैंकले निक्षेप १.१४ प्रतिशतले बढाएर दुई खर्ब ८६ अर्ब ५६ करोड पुर्‍याउँदा कर्जा १२.२५ प्रतिशतले वृद्धि भएर २ खर्ब ७२ अर्ब २१ करोड पुगेको छ ।

राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एसियाको निक्षेप घट्यो 

बैंकर्स संघबाट प्राप्त जानकारी अनुसार आर्थिक वर्ष २०७७/७८ को तुलनामा गत आर्थिक वर्षमा राष्ट्रिय वाणिज्य बैंकको निक्षेप २.८२ प्रतिशतले घटेर २ खर्ब ५६ अर्ब ६४ करोड रुपैयाँमा झरेको छ । बैंकको कर्जा लगानी १४.४६ प्रतिशतले वृद्धि भएर २ खर्ब २८ अर्ब ६५ करोड पुगेको छ ।

त्यस्तै एनआईसी एसिया बैंकको निक्षेप १.७६ प्रतिशतले घटेर २ खर्ब ९४ अर्ब ९८ करोडमा झरेको छ । यस अवधिमा बैंकको कर्जा प्रवाह भने १.२८ प्रतिशतले विस्तार भई २ खर्ब ६८ अर्ब २४ करोड पुगेको छ ।