बैकिङ्ग समाचार ।
कुमारी बैंक लिमिटेडको सोमबार नक्साल प्राङ्गणमा सम्पन्न विशेष साधारण सभाले साविकको देवः विकास बैंकको प्राप्तिको प्रस्ताव अनुमोदन गरेको छ।
सञ्चालक समितिका अध्यक्ष आमिर प्रताप राणाको अध्यक्षतामा सम्पन्न भएको विशेष साधारण सभाले कुमारी बैंकको प्रति १ कित्ता शेयर बराबर देवः विकास बैंकको ०.८६ कित्ता शेयर अनुपातमा शेयरमूल्य कायम हुने गरि स्वाप रेसियो स्वीकृत गरेको हो।
यसैगरि कुमारी बैंकका सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत लगायत उच्च व्यवस्थापन अधिकारीहरुका माझ एक समारोह बीच साविकको देवः विकास बैंक लिमिटेडको प्रारम्भिक सहमति तथा अन्तिम सम्झौता पत्रहरुको अनुमोदन सम्पन्न भएको छ ।
देवः विकास बैंक प्राप्ति पश्चात् कुमारी बैंकको चुक्ता पूँजी १२ अर्ब ५० करोडभन्दा बढी हुनेछ । साथै, निक्षेप १२० अर्ब तथा कर्जा लगानी १०५ अर्ब र शाखा सञ्जाल भने २०९ हुनेछ ।
यस कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू सबै अवलम्बन गरी बैंकले नवीन शैली प्रयोगमा ल्याउँदै डिजिटल प्लाटफर्म जुम मार्फत शेयरधनी महानुभावहरुको मन्तव्य, सुझाव लिएको थियो।
यस विषम परिस्थितिमा डिजिटल प्लाटफमर्मा उल्लेखनीय सहभागिताका लागी शेयरधनी महानुभावहरुलाई सम्पूर्ण बैंकको सञ्चालक समितिका सम्पूर्ण सदस्यहरुले धन्यवाद व्यक्त गरेका थिए।
बैंकको आन्तरिक वित्तीय, मानवश्रोत, प्राविधिक एवं अन्य क्षमता अभिवृिद्ध हुनुका साथै राष्ट्रिय बैंकिङ्ग तथा वित्तीय प्रणालीको सम्वर्धन भई सो प्रति सर्वसाधारणको विश्वसनीयतामा अभिवृिद्ध पुग्नेमा बैंक विश्वस्त रहेको जनाइएको छ।





About Us
प्रतिक्रिया