कोभिड प्रभाव न्यूनीकरण गर्न ६० अर्बको राहत प्याकेजः अर्थमन्त्री

कोभिड प्रभाव न्यूनीकरण गर्न ६० अर्बको राहत प्याकेजः अर्थमन्त्री


 बैकिङ्ग समाचार ।

अर्थमन्त्री डा. युवराज खतिवडाले कोभिड–१९ का कारण प्रभाव परेको अर्थतन्त्र उकास्न सरकारले ५५ देखि ६० अर्ब रुपैयाँको राहत प्याकेज ल्याएको बताएका छन् । खतिवडाले शुक्रबार बजेटपछिको भर्चुअल प्रेस कन्फरेन्समा बोल्दै विभिन्न माध्यमबाट जाने राहत प्याकेजमा सो रकम विनियोज गरिएको बताएका हन् ।

‘राहत भनेको नगदै बाड्ने मात्र नभइ कर छुट,ब्याजदरमा सहुलियत, बीमा, आयातमा  सहजिकरणलगायतका धेरै उपायबाट राहत दिन सकिन्छ,’ अर्थमन्त्री खतिवडाले भने  ।

उनले ब्याज अनुदानमा मात्रै करिब २० अर्ब रुपैयाँ राहत जाने बताएका हुन् ।  उनले विद्युत्मामात्र ८ अर्ब रुपैयाँको राहत दिएको जानकारी दिए । करमा ६ अर्ब रुपैयाँको राहत प्याकेज दिइएको पनि अर्थमन्त्री खतिवडाले बताए ।