कोरोना बीमामा ५० प्रतिशत अनुदान, रु.३०० मै १ लाखको बीमा 

कोरोना बीमामा ५० प्रतिशत अनुदान, रु.३०० मै १ लाखको बीमा 


 बैकिङ्ग समाचार ।

सरकारले कोभिड–१९ बीमामा ५० प्रतिशत अनुदान दिने घोषणा गरेको छ । व्यक्तिगत कोरोना बीमामा कुनै छुट पाइनेछैन भने सामूहकि रुपमा बीमा गर्दा ५० प्रतिशत छुट दिने सरकारले घोषणा गरेको हो ।

सामूहिक कोराना बीमामा सरकारले अनुदान दिने घोषणा गरेसँगै अब एक लाख रुपैयाँको कोरोना बीमा ३०० मै हुने भएको छ भने ५० हजार रुपैयाको कोरोना बीमा १५० रुपैयाँमा हुने भएको छ ।

हाल कोरोना बीमामा दुई लाख भन्दा बढि आबद्ध भइसकेका छन् । सरकारले अनुदान दिने घोषणासँगै अब देशव्यापी कोरोना बीमा अभियान चलाउन सम्भव भएको छ ।