सरकारी कर्मचारीले घर बनाउन र छोराछोरी पढाउन सस्तो ब्याजदरमा ऋण पाउने

सरकारी कर्मचारीले घर बनाउन र छोराछोरी पढाउन सस्तो ब्याजदरमा ऋण पाउने


 बैकिङ्ग समाचार ।

 सरकारी कर्मचारीहरुले घर बनाउन र सन्तान पढाउनका लागि सस्तो ब्याजदरमा ऋण पाउने भएका छन् ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै राष्ट्रसेवक कर्मचारीलाई प्रोत्साहन गर्नका लागि घर बनाउन र सन्तान पढाउनका लागि सस्तो ब्याजदरमा ऋण दिने व्यवस्था मिलाइने बताए ।

त्यसैगरी सरकारले अस्थायी तथा करारमा सरकारी सेवामा रहेका कर्मचारीका लागि १ लाख रुपैयाँसम्मको कोरोना बीमाको व्यवस्था गरेको छ । र, कोरोनाको संकटमा पनि खटेर काम गर्ने कर्मचारीलाई अन्य प्रोत्साहन भत्ता उपलब्ध गराउने बताए ।