कृषि क्षेत्रको विकासका लागि ४१ अर्ब ४० करोड बजेट विनियोजन

कृषि क्षेत्रको विकासका लागि ४१ अर्ब ४० करोड बजेट विनियोजन


 बैकिङ्ग समाचार ।

आगामी आर्थिक वर्ष २०७७/०७८ मा मा सरकारले कृषि क्षेत्रका लागि ४१ अर्ब ४० रुपैयाँ विनियोजन गरेको छ 

अर्थमन्त्री डा.युवराज खतिवडाले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमलाई ३ अर्ब २२ करोड बजेट छुटयाएको बताए छन् ।

यो कार्यक्रमलाई प्रभावकारी बनाउँदै लैजाने बताए । कृषि क्षेत्रमा श्रम परिचालन व्यवसायीकरण, यान्त्रिकरण गर्ने प्रोत्साहत गर्ने बताए ।

दुध, तरकारी, मासुमा आगामी आवमा आत्मनिर्भर हुने र चैते धान, बसन्त मकैलाई प्रोत्साहत गर्ने उल्लेख गरेका छन् । सामुहिक खेती गर्नेलाई अनुदान दिने बताए । त्यसको लागि स्थानीय तहलाई १ अर्ब दिने बताए ।

उनले खाध्य भण्डारणको लागि ५० करोड विनियोजन गरेको बताए । उनले कृषकलाई मोबाइल एपबाट सूचना जानकारी दिने जानकारी गराए ।

प्रत्येक स्थानीय तहबाट १० हजार फलफूलको विरुवा उमार्नको लागि प्रोत्साहत गर्ने बताए ।