१३० औद्योगिक ग्रामको लागि २ अर्ब ६४ करोड बजेट

१३० औद्योगिक ग्रामको लागि २ अर्ब ६४ करोड बजेट


 बैकिङ्ग समाचार । 

अर्थमन्त्री डा. युवराज खतिवडाले १३० औद्योगिक ग्राम बनाउनको लागि २ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरेका छन् ।

आगामी आवको बजेट पेश गर्दै स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगलाई प्रोत्साहत गर्ने, सेजमा स्थापना भएका उद्योगलाई कर प्रणालीमार्फत प्रोत्सहत गर्ने र निर्यातमुलक उद्योगलाई पनि कर प्रणालीबाट नै प्रोत्साहन गर्ने बताए ।

मन्त्री खतिवडाले स्वदेशी कपडा उद्योगलाई प्रोत्साहत गर्ने सरकारको नीति भएको जानकारी गराए ।