स्वास्थ्य बीमालाई साढे ७ अर्ब बजेट

स्वास्थ्य बीमालाई साढे ७ अर्ब बजेट


 बैकिङ्ग समाचार । 

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि बजेट भाषण गर्दै आगामी आवमा स्वास्थ्य बीमाको लागि ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको बताए ।

उनले आगामी आवमा सबै स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रम लैजान बताए ।

उनले आगामी बजेट कोरोना रोकथाम तथा नियन्त्रणसँगै, गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने, स्वास्थ्य सेवामा पूर्वाधार विकास गरिने बताए । 

त्यसैगरी आपूर्ती श्रृखला बढाउने, सुरक्षित आवास, गुणस्तरीय र जीवनउपयोगी शिक्षा, भौतिक पूर्वाधारको निर्माण, संघीयता कार्यान्वयन गरिनेछ भने पारदर्शीता कायम गरिने बताए ।